अमेरिकाको कम्पनीले अष्ट्रेलियामा आइटी पढाउने

अमेरिकाको कम्पनीले अष्ट्रेलियामा आइटी पढाउने


यतिबेला तपाईं अष्ट्रेलियामा हुनुहुन्छ अनि आइटी पढ्दै हुनुहुन्छ र, यसमै आफ्नो करिअर बनाएर अगाडि बढ्ने योजना या सोचमा हुनुहुन्छ भने तपाईंका लागि अब सिलिकन भ्याली टेक ऐकेडेमी सहयोगी बन्न सक्छ । सको लागि तपाईंले फ्रेबुअरी २४ तारेखका दिनदेखि सिड्नीको पारामाटास्थित सिलिकन भ्याली टेक ऐकेडमीमा सम्पर्क गर्नु सक्नुहुनेछ, जहां तपाईंलाई अमेरिकाको सिलिकन भ्यालीमा काम गरेका तालिमप्राप्त ट्रेनरहरूले आइटीसम्बन्धी पढाउने छन् ।

कक्षामा आइटी कम्पनीमा काम कसरी हुन्छ, आइटीको विधामा काम कसरी हुन्छ र, त्यो विधामा कसरी रोजगारी पाउन सकिन्छ अनि सजिलो हुन्छ भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिइएको छ । वर्ल्ड क्लास आइटी ट्रेनिङ करियर कोचिङको रूपमा यो कार्यक्रम अगाडि बढाउन लागिएको हो ।

पहिलो पटक अष्ट्रेलियामा यसरी अमेरिकन उच्च स्तरको ट्रेनिङ हुन लागेको हो । यो ट्रेनिङमा अमेरिकाका विभिन्न विश्वचर्चित ट्रेनरहरू आएर करिएरका बारेमा शिक्षा दिने भएका छन् । विद्यार्थीहरूले त्यस दिन यी ट्रेनरहरूसमक्ष आइटीका बारेमा यावत जिज्ञासाहरू राख्न सक्नेछन् । विश्वचर्चित ट्रेनरहरूबाट ज्ञान प्राप्त गर्न सकिने यस अवसरलाई नछोड्न आयोजक पक्षका तर्फबाट आग्रह गरिएको छ ।