‘गठबन्धनका नेताहरूलाई खुसी पार्न ल्याएको अध्यादेश फिर्ता गर्न’ एमालेको माग

‘गठबन्धनका नेताहरूलाई खुसी पार्न ल्याएको अध्यादेश फिर्ता गर्न’ एमालेको माग


अध्यादेश फिर्ता नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी

नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलले हालै जारी अध्यादेश फिर्ता लिन सरकारसँग आग्रह गरेको छ ।

संसदीय दलद्वारा सोमबार मोरङमा आयोजित पत्रकार सम्मेलनमा दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले अध्यादेश फिर्ता नलिए सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए ।

नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका प्रमुख सचेत रेवतीरमण भण्डारीले पत्रकार सम्मेलनमा गठबन्धन दलका नेताहरूलाई खुसी पार्न ल्याएको अध्यादेश फिर्ता नलिए सरकारलाई सांसदबाटै निष्क्रिय पार्ने चेतावनी दिए । उनले प्रदेश संरचनाप्रति विरोध भइरहेको अवस्थामा थप सुविधा प्रदान गर्ने कार्यप्रति आपत्ति जनाए ।

ज्ञातव्य छ, सो अध्यादेशमार्फत सत्ता गठबन्धनका नेताहरूलाई गाडी सुविधा दिने व्यवस्था मिलाइएको छ ।

photo: rss