सैनिक संयुक्त पट्रोललाई दुई राउण्ड गोली फायर

सैनिक संयुक्त पट्रोललाई दुई राउण्ड गोली फायर


प्रतिकारपछि हतियार बरामद

बाँके राष्ट्रिय निकुञ्जबाट खटिएको नेपाली सेना तथा निकुञ्ज कार्यालयका कर्मचारीसहितको संयुक्त पट्रोललार्ई बाँकेको राप्ती सोनारी गाउँपालिका–१ मा २ राउण्ड फायरिङ भएको छ ।

स्थानीय राजकोट इलाकामा अवैध रूपमा निकुञ्ज क्षेत्रमा प्रवेश गरेर वन्यजन्तु चोरी सिकारी कार्यमा संलग्न व्यक्तिहरूले २ राउन्ड गोली फायर गरेपछि प्रतिकारमा पट्रोल टोलीले ४ राउन्ड जवाफी फायर गरेको थियो ।

जवाफी फायरिङपश्चात् खोज तलासको क्रममा उक्त इलाकाबाट १२ बोर हतियार १ नाल, भरुवा बन्दुक १ नाल, उक्त हतियारमा प्रयोग हुने गोली तथा बन्दोबस्तीका सामानहरू फेला परेको सैनिक मुख्यालयले जनाएको छ । चोरी सिकारीमा संलग्न भने भाग्न सफल भएका छन् ।