राम गिरीको रामकहानी

राम गिरीको रामकहानी


सडकबालकदेखि स्वर्ण पदकसम्म
१३ वर्षको उमेरमा घर छोड्दा उनलाई गन्तव्यको अत्तोपत्तो थिएन । किन र केका लागि उनले घर छोड्दै थिए त्यसबारेसमेत अनविज्ञ थिए । समयको प्रवाहमा वहने क्रममा ०४८ सालमा ताप्लेजुङको उकाली-ओराली पार गर्दै राजधानी काठमाडौं पुगेपछि उनका आँखा खुलेका थिए । बिरानो ठाउँ अझ काठमाडौंमा उनको आफ्नो भन्ने कोही थिएन । कहाँ जाने, के गर्ने उनको बालपनले ठम्याउन सकेको थिएन । चारै दिशा उनका लागि खुला भए पनि वास्तविक मार्ग पहिचान गर्न उनको बुद्धिले भ्याएको थिएन । तर्सथ राजधानी काठमाडौं उनका लागि खाउँ भनेे दिनभरिको सिकार नखाउँ भने कान्छा बाउको अनुहारजस्तै बन्न पुगेको थियो । यस्तो द्विविधामा परेका उनले अन्तिममा जसरी भए पनि काठमाडौंमै आफ्नो भविष्य देख्दै ‘सडकबालक’ बन्ने निर्णय गरेका थिए । उनी हुन्- तेक्वान्दोका चर्चित खेलाडी राम गिरी (पुरी) ।
काठमाडौंमा सडकबाट आफ्नो दिनचर्या शुभारम्भ गरेका रामले लामो समय सडकबालकको रूपमा जीवनयापन गरेका थिए । सो समयमा रामले काठमाडौंको कठ्याङ्ग्रिँदो जाडोदेखि भुस्याहा कुकुरसम्मको सामना गर्नुपरेको थियो । त्यो पीडा र दयनीय अवस्थाको सम्झना गर्दा अहिले पनि रामका आँखा रसाएर आउँछन् । रामको यो अतीतको पाटो भए पनि यसमा उनको कुनै गुनासो छैन । सडकमै भौँतारिएको अवस्थामा समयको प्रवाहले रामलाई सडकबाट उठाएर कालिमाटीमा रहेको ‘सिविन’ अर्थात् सडकबालबालिकाको संस्थामा पुर्‍याएको थियो । त्यसपछि उनले ठूलो राहतको श्वास फेरेका थिए । सिविनमै बसेर उनले आफ्नो सुन्दर भविष्यको थालनी गरेका थिए । जुन रामका लागि कोसेढुङ्गा सावित भएको थियो ।
सिविनमै बस्दा राम खेलकुदप्रति आकरि्षत भएका थिए । खेलकुदमा पनि मार्सल आर्टस्को तेक्वान्दो खेल उनको प्रिय खेल थियो । छाउनीमा फ्रेन्च नागरिक जोन ज्याक हाइएले ‘एसोसिएसन फर द चिल्ड्रेन अफ छाउनी’ भन्ने संस्था सञ्चालन गरेका थिए । त्यो संस्थाले उक्त बालग्राममा तेक्वान्दो डोजाङ सञ्चालन गरेको थियो । जोन प्रायजसो सिविनमा आवतजावत गर्ने भएकोले रामको उनीसँग पटकपटक जम्काभेट भएको थियो । तेक्वान्दो खेल्ने भित्रैदेखिको चाहनाले गर्दा सिविनका तत्कालीन महासचिव माधव प्रधानलाई रामले उक्त डोजाङमा पठाइदिन अनुरोध गरेका थिए । रामको तेक्वान्दोप्रतिको अगाध रुचिलाई आत्मसात् गर्दै प्रधानले उनलाई तेक्वान्दो खेल्न उक्त डोजाङमा व्यवस्था मिलाइदिएका थिए । ०४९ सालदेखि तेक्वान्दोको प्रशिक्षणमा होमिएका रामलाई वरिष्ठ तेक्वान्दो प्रशिक्षक शेरबहादुर थापा मगरले शुभारम्भमा प्रशिक्षण दिएका थिए । आत्मासँगै गाँसिएको खेल भएकोले छोटो समयमै उनले तेक्वान्दोमा छनक देखाउँदै प्रशिक्षकलाई प्रभावित पार्न सफल भएका थिए । हुने बिरुवाको चिल्लो पात भनेझैं रामले गरेको कडा मिहिनेत र अनुशासनले गर्दा गुरु शेरबहादुरले उनलाई डबल प्रमोसन गरेका थिए । गुरुले रामलाई राम्रो र प्रतिभाशाली खेलाडी भएकैै कारण एकैपटक ह्वाइट बेल्टबाट डबल प्रमोसन गर्दै एलो-ग्रिन दिएका थिए । मिहिनेतमा विश्वास गर्ने रामले त्यसपछि ०५६ सालमा सात वर्षको मिहिनेतपश्चात् ब्ल्याकबेल्ट प्राप्त गरेका थिए ।
०४९ सालदेखि तेक्वान्दो खेल्न थालेका रामले पाँच वर्षको अथक मिहिनेतपछि मात्र तेक्वान्दोका प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्न अवसर पाएका थिए । केही गरेर देखाउनुपर्छ भन्ने भावनाले ओतप्रोत भएका रामले त्यसपछि यो अवसरलाई चुनौतीको रूपमा लिएका थिए । जसले गर्दा उनले आफूले प्रतिस्पर्धा गरेका क्षेत्रीय, अञ्चल र जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै तेक्वान्दोमा एक उदीयमान खेलाडी बन्न सफल भएका थिए । सो समयमा उनले कुनै पनि प्रतिस्पर्धामा पदकविहीन हुनुपरेको थिएन । तर, विडम्बना, सिविनको होस्टेलमा अठार वर्षभन्दा माथिको उमेरको व्यक्तिलाई नराख्ने नियमले गर्दा उनी पुनः सडकमै पुगेका थिए । जसले गर्दा रामको भर्खरै फक्रन लागेको प्रतिभा ओझेलमा परेको थियो । उनलाई त्यतिबेला खेल्नुभन्दा पनि गाँस र बासले पिरोलेको थियो । फलस्वरूप नचाहँदा नचाहँदै पनि तेक्वान्दोसँग उनको दूरी बढेर गएको थियो । जसलाई उनले ‘बाध्यता’को संज्ञा दिएका छन् ।
भविष्यमा तेक्वान्दोको उत्कृष्ट खेलाडी बन्ने र मुलुकको मान, सम्मान अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने रामको सपनामा यो घटनाले कुठाराघात गरेको थियो । र पनि, हिम्मती र साहसी रामले आफ्नो भित्री इच्छालाई मर्न भने दिएनन् । उनले ०५८ सालदेखि बाफलस्थित साइरेट र गौरीशंकर बोरि्डङ स्कुलमा तेक्वान्दोको प्रशिक्षक भएर भविष्यका नौलानौला सपना बुन्दै गए । खेलाडी भएर खेल्न नपाए पनि उक्त स्कुललाई सफलता दिलाउन र तेक्वान्दोका प्रतिभाशाली खेलाडी जन्माउन सफल भएका थिए । निकै महत्त्वाकाङ्क्षी रामले त्यसपछि ०६० सालमा बाफलमा काठमाडौं तेक्वान्दो डोजाङको स्थापना गरेका थिए । यसपछि राम निरन्तर तेक्वान्दोको प्रशिक्षण दिने र लिने कार्यमा जुटेका थिए । ‘तँ आँट म पुर्‍याउँछ’ु भनेझंै उनको यो साहसले छोटो समयमै रंग देखाउन सफल भएको थियो । योे अवधिमा उनले आफूलाई मात्र नभई आफ्नो डोजाङलाई समेत शिखरमा पुर्‍याउन सफल भएका थिए । ०६४ सालमा दशरथ रंगशालामा आयोजना भएको तेस्रो कोरियन एम्बेस्डर तेक्वान्दो प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जितेपछि रामको चर्चाले शिखर छोएको थियो ।
कसैको सहयोगबिना अर्थात् आफ्नै बलबुताले तेक्वान्दोमा वाहवाही बटुल्न सफल भएका रामले त्यसपछि ०६८ सालमा पहिलोपटक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाएका थिए । विगतमा प्रतिभाले भरिपूर्ण भए पनि आर्थिक अभाव र अवसरकै खोजीमा रुमलिएका रामले यतिबेलासम्म आफूलाई हरेक दृष्टिकोणले सबल बनाइसकेका थिए । आर्थिक र मानसिक रूपमा आफूलाई तयार पारेपछि उनी काठमाडौंमा आयोजना भएको प्रथम माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय प्रतियोगिताको छनोट चरण पार गर्दै उक्त प्रतियोगितामा छनोट हुन सफल भएका थिए । हेभिवेट अर्थात् ८७ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गरेका रामले पाकिस्तान र बंगलादेशका खेलाडीलाई सहजै पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए । दुर्भाग्य, फाइनलमा उत्कृष्ट प्रदर्शनका बाबजुद पनि उनले मलेसियाका खेलाडीसँग झिनो अङ्कको अन्तरले पराजित हुँदै रजत पदकमै चित्त बुझाउनुपरेको थियो ।
पहिलो सहभागितामै अन्तर्राष्ट्रिय प्रतियोगितामा पाएको सफलतापश्चात् राम निकै हौसिएका थिए । उनको आत्मविश्वास निकै बढेको थियो । उनमा यो भन्दा राम्रो गर्न सक्छु र गर्नुपर्छ भन्ने भावना जागृत भएको थियो । तत्पश्चात् उनले छैटौँ राष्ट्रिय खेलकुदका लागि पसिना बगाउन थालेका थिए । अथक मिहिनेत र आत्मविश्वासले गर्दा रामको मिहिनेतले छैटौँमा रंग ल्याएको थियो । उनले छैटौँमा नेपाल प्रहरीबाट खेल्दै आफ्ना सबै प्रतिद्वन्द्वीलाई नकआउट गरेर स्वर्ण पदक जितेका थिए । छैटौँमा उनले सुदूरपश्चिम, मध्यपश्चिमाञ्चल र एपीएफका खेलाडीलाई पराजित गरेका थिए । राष्ट्रिय प्रतियोगितामा सफलताको झण्डा गाडेपछि अब उनले दक्षिण एसियाली खेलकुद प्रतियोगिता ? साग) मा स्वर्ण पदक जित्ने सपना देखेका छन् । जसका लागि अहिले उनी दिनरात एउटै बनाएर प्रशिक्षणमा होमिएका छन् । उनी आगामी वर्ष भारतमा आयोजना हुने १२औँ सागमाथि अर्जुन दृष्टि लगाएर बसेका छन् । त्यो सफलताले उनको खेलजीवनलाई र्सार्थकता प्रदान गर्ने र नौलो मार्ग प्रसस्त गर्ने भएकोले उनी त्यसैमा केन्द्रित रहेका छन् । अन्तर्राष्ट्रिय अनुभव यावत् कारणले शून्य भए पनि वर्तमान अवस्थामा उनको जोस, जाँगर र उत्साह हेर्दा सागको पदक उनको घाँटीमा झुन्डिने प्रायः निश्चित छ ।
समयको झटारोले रामलाई खेलकुदबाट विस्थापित गर्न कुनै कसुर बाँकी नराखे पनि उनले कहिल्यै हिम्मत हारेनन् । तेक्वान्दोप्रतिको समर्पण र अगाध मायाले रामलाई सधैं पछ्याइरह्यो । फलस्वरूप उनले ०६० सालमा काठमाडौं तेक्वान्दो डोजाङको स्थापना गर्न सफल भएका थिए । वर्तमान अवस्थामा तेक्वान्दोको नम्बर एक डोजाङको रूपमा परिचित उनको डोजाङले अहिलेसम्म तीन सयभन्दा बढी ब्ल्याकबेल्ट खेलाडी उत्पादन गरिसकेको छ । जसमा चर्चित राष्ट्रिय, अन्तराष्ट्रिय खेलाडी पनि रहेका छन् । नेपालमा तेक्वान्दो खेलको समग्र विकासका लागि अहम् भूमिका निभाउँदै आएको काठमाडौं डोजाङलाई यसै वर्ष कोरियास्थित वल्र्ड तेक्वान्दो हेडक्वाटर ? कुकिवन) ले समेत उत्कृष्ट डोजाङको रूपमा सम्मानित गरेको छ । त्यस्तै नेपाल तेक्वान्दो सङ्घले काठमाडौं डोजाङलाई नेपालकै उत्कृष्ट डोजाङको लालमोहर लगाउँदै सन् २०११ मा अन्तर्राष्ट्रिय प्रशिक्षकका लागि रामलाई सिफारिससमेत गरेको थियो । पछि रामले उक्त अन्तर्राष्ट्रिय प्रशिक्षक तालिम सकुशल उत्तीर्ण गरेका थिए । स्मरणीय रहोस्, हालै सम्पन्न छैटौँ राष्ट्रिय प्रतियोगितामा काठमाडौं डोजाङका तीनजना खेलाडीले स्वर्ण पदक जितेर कीर्तिमान कायम गरेका थिए । जसमा उनका दुई चेली रेजिना कार्की, संगीता बस्याल र स्वयम् राम थिए । राष्ट्रिय प्रतियोगितामा गुरु-चेलीले स्वर्ण पदक जितेको यो पहिलो अवसर हो ।
रामका जीवनमा थुप्रै अविष्मरणीय क्षणहरू छन् तर पनि उनी आफूलाई खेलकुद र तेक्वान्दोकै समीप राख्न चाहन्छन् । उनी प्रस्ट रूपमा भन्छन्, ‘आज म खेलकुदमै लागेर राम गिरी बन्न सफल भएको हुँ, चिनिन सफल भएको हँु । म खेलकुदले लगाएको गुन कहिल्यै बिर्सन सक्दिनँ । आज म सानो व्यापारी भएपनि त्यो सवै खेलकुदको देन हो । एउटा सडक बालकलाइ आज खेलकुदले गर्दा नै यो उचाईमा पुर्‍याएको हो । म भविष्यमा पनि खेलकुदकै माध्यमवाट राष्ट्रिय, अन्तराष्ट्रियस्तरमा चिनिन चाहन्छु । म खेलकुदको अर्थात विशेष गरेर तेक्वान्दोप्रति ऋणी छु , जो सायद म कहिल्यै चुक्ता गर्न सक्तैन होला ‘ । मेरो भाग्यको खेलमा तेक्वान्दो खेलले जुन उत्कृष्ट खेल खेलेको छ, त्यो म कदापी विर्सन सक्तैन, त्यो मेरो मानसपटलमा सदा कैद भएर बसिसकेको छ । त्यस्तै आर्थिक अभाबका कारणले खेलकुदलाइ निरन्तरता दिन नसक्दाको पीडाले अहिले पनि उनलाइ घचघच्याइरहेको छ । संगैका साथीहरू अन्तराष्ट्रिय प्रतियोगिता खेल्दा आफु टुलुटुलु हेरेर बस्दा त्यो क्षण उनका लागि अहिले पनि अविष्मणीय बनेको छ । यदि रामले थुप्रै चुनौति र आँधिबेरीहरूको सामना गर्नु नपरेको भए अहिले उनले थुप्रै अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइ सकेका हुन्थे ।
जीवनका उकाली ओराली चढ्ने क्रममा रामका खुट्टामा पटक पटक ठेस लागेका थिए । तरपनि आत्मविश्वासी रामले आफ्नो कामप्रतिको लगाव र कठिन मेहनत र संघर्षले आज यो स्थितिमा पुगेका हुन । एक सफल खेलाडी बन्नका लागि नियमित प्रशिक्षण, अनुसाशन र आर्थिक रूपमा पनि सवल हुनुपर्ने उनको ठम्याइ छ । त्यसको लागि फलको आशा राख्नु नहुने उनको स्पष्टता छ । रामले उदीयमान र प्रतिभाशाली खेलाडी जुन आर्थिक रूपमा कमजोर छन त्यस्तालाइ सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषदले उचित व्यवस्था गरेको खण्डमा उनीहरूले आफुजस्तो दुःख नपाउने प्रस्ट पारेका छन । सोहि कुरालाइ आत्मसात गर्दै भुक्तभोगी रामले आफ्नो काठमाण्डौं डोजाङमा आर्थिक रूपमा कमजोर रहेका गरिब र असाहय खेलाडीहरूलाइ निशुल्क रूपमा तेक्वान्दोको प्रशिक्षण गराउँदै आएका छन ।
गरिबीको पीडावाट निकै आहत भएका रामले अहिले थुप्रै सपना देखेका छन । जस्मा उनका केहि सपना अहिले पुरा भैसकेका छन भने केहि पुरा हुन बाँकि छन । तिमध्य दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा स्वर्ण पदक जितेर मुलुकको राष्ट्रिय धुनसंगै राष्ट्रिय झण्डा अन्तर्राष्ट्रियस्तरमा फहराउने धोको रहेको छ । जस्को लागि केहि समय पश्चात नै उनी मिसन साग २०१२ को तयारीमा जुट्दै छन । हामी कामना गरौं, सडकवाट उठेको बालकले सागमा स्वर्ण पदक जितोस । उसको हरेक संघर्षमा भगवानले साथ देउन ।

ट्रायथलन अध्यक्षमा माओवादी कमान्डर
नेपाल ट्रायथलन संघको अध्यक्षमा गणेशमान पुन निरि्वरोध निर्वाचित भएका छन् । माओवादी कमान्डर पुन बर्तमान युवा तथा खेलकुद मन्त्री कमला रोकाका पती हुन । हालै पाटनको आदर्श कन्या निकेतनमा भएको संघको तेश्रो साधारणसभाले पुनको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निरि्वरोध चयन गरेको थियो ।
नवनिर्वाचित केन्द्रीय कार्यसमितिको उपाध्यक्षद्वयमा दीपक कोइराला र विप्लव पौडेल, महासचिवमा निलेन्द्रराज श्रेष्ठ, सचिवमा ललित लामा तथा कोषाध्यक्षमा सतीशकुमार श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरूमा तुकादत्त रेग्मी, दीपेन्द्र श्रेष्ठ, विकल तुलाचन, भरत पराजुली, सुशीलकुमार लामा, श्यामबहादुर गुरुङ, निरञ्जन श्रेष्ठ, राकेश वज्राचार्य तथा सुधीर पराजुली छन् । साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव युवराज लामाले उद्घाटन गरेका थिए । संघको सोही दिनबसेको बैठकले ट्रायथलनका पूर्व अध्यक्ष विश्वशंकर पालिखेलाई प्रमुख सल्लाहकारमा मनोनयन गर्ने निर्णय गरेको नवनिर्वाचित महासचिव श्रेष्ठले जानकारी गराएका थिए ।

राष्ट्रब्यापी रेस्लिङ हुने इन्टरनेश्नल रेस्लिङ एकेडेमी र बिशाल मल्टि स्पोर्टस क्लबको संयुत्त आयोजनामा राष्ट्रब्यापी रेस्लिङ प्रतियोगिता हुने भएको छ । आगामी चैत्र२५ गते हुने उक्त रेश्लिङ प्रतियोगितामा नेपालका चर्चित खेलाडी अजिङ्गर, स्कोप्राईन, लिजड किङ्ग, स्नोलाईन, कोभ्र,म्याक्स बी, राइनो, एपिएफ वारियार, वावाबर्ुइ र मिस्टर यती रहेको आयोजकका बलबहादुर भट्चनले बताएका छन् । बसपार्क स्थित बिशाल मल्टि स्पोर्टस कम्प्लेक्समा संचालन हुने रेस्लिङ सोका लागि अनुमानित बजेट पाँचलाख पचास हजार लाग्ने खेलका संयोजक मिस्टर यतिले बताएका छन् । राखेपव्दारा हिसाव पछर्यौट समिति गठन सुदूरपश्चिमाञ्चलमा सम्पन्न भएको छैटौं राष्ट्रिय खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद्को हालै बसेको ८९ औं बोर्ड बैठकले केन्द्रीय तहदेखि पाँचै क्षेत्रमा क्षेत्रीय हिसाब फछ्र्यौट समिति गठन गरेको छ । उक्त समितिले विभिन्न उपसमितिलगायत क्षेत्र मातहतका जिल्ला र क्षेत्रीय खेलकुद विकास समितिहरूलाई यहि चैत १६ गतेसम्म सम्पूर्ण हिसाब किताब फछ्र्यौटका लागि आ-आफ्नो लेखा सम्बन्धी काम गर्ने कर्मचारी सहित सक्कलै कागजातहरू लिई परिषद्मा खर्चको विवरण पेश गर्न परिषद्ले निर्देशन दिएको छ ।
राखेपले गठन गरेको हिसाब फछ्र्यौट समितिअन्तर्गत केन्द्रमा राखेपका कोषाध्यक्ष इन्द्रबहादुर थिङ संयोजक तथा सदस्यद्वय खड्गबहादुर रानाभाट र देवकुमार लामा सदस्य रहनु भएको छ । त्यस्तै पूर्वाञ्चलमा सदस्यद्वय रेशमलाल लामा र मुकुन्दबहादुर पहरी, मध्यमाञ्चलमा सदस्यद्वय किरण गिरी र कुसुमकुमारी श्रेष्ठ, पश्चिमाञ्चलमा सदस्यद्वय रामकृष्ण बानिया र मनबहादुर न्यौपाने, मध्यपश्चिमाञ्चलमा सदस्यद्वय दिलिपविक्रम शाही र नम्बर शेर्पा तथा सुदूरपश्चिमाञ्चलमा सदस्यद्वय पहलसिंह घर्ती मगर र राजेन्द्रकुमार शाही क्रमशः संयोजक र सदस्य रहेका छन ।साथै ६ वटै हिसाब फछ्र्यौट समितिमा युवा तथा खेलकुद मन्त्रालय तथा राखेपअन्तर्गत आन्तरिक लेखा परिक्षण ? आलेप) का प्रतिनिधि समेत रहेका छन ।
छैटौं राष्ट्रिय खेलकुदको सम्पूर्ण खर्च विवरण सार्वजनिक गर्ने प्रकृयामा राखेप जुटि रहेको अवस्थामा आम समुदायमा भ्रम सिर्जना गर्ने खाले अनावश्यक वक्तब्यवाजी नगरी जिम्मेवार बन्न सम्बन्धित सबैमा राखेप अनुरोध पनि गरेको छ । स्मरण रहोस, सुपका विभिन्न राजनितिक दलहरूले छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा व्यापक भ्रष्ट्राचार भएको वताएपछि सार्वजनिक लेखा समितिले केहि समय पहिले राखेपलाइ पत्राचार गरेको थियो ।

सीसीआरसीलाई फुटबल उपाधि
छैटौं एलए कप अन्तरकलेज खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको उपाधि डिफेन्डिङ च्याम्पियन क्यापिटल कलेज एन्ड रिर्सच सेन्टर ? सीसीआरसी) ले जितेको छ । हात्तीवनस्थित लिटिल एन्जल्सको मैदानमा भएको प्रतिस्पर्धात्मक फाइनलमा सीसीआरसीले एपेक्सलाई २-१ गोलले पाखा लगाउदै उपाधि रक्षा गरेको थियो । शितल बोहोराले खेलको ३४ औं मिनेटमा सीसीआरसीलाई १-० को अग्रता दिलाए । ७५ औं मिनेटमा सविन केसीले सीसीआरसीको अग्रता दोब्बर पारेका थिए । एपेक्सका तर्फबाट सन्जित तिवारीले ८० औं मिनेटमा सान्त्वना गोल गरेका थिए ।
लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्ट ? एलएसीएम), स्टुडेन्ट काउन्सिलद्वारा आयोजित प्रतियोगितामा उपाधिसंगै सीसीआरसीले २० हजार नगद पुरस्कार प्राप्त गरेको थियो भने एपेक्सले १० हजारमा चित्त बुझाउनु परेको थियो । सीसीआरसीका सविन केसी प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिए । डिफेन्समा कुमार देवकोटा तथा गोलरक्षकमा मनीष सुवेदी उत्कृष्ट ठहरिए भने एपेक्सका किरण श्रेष्ठ उत्कृष्ट मिडफिल्डर घोषित भएका थिए । प्रतियोगिताभर ६ गोल गरेका नेपाल स्कुल अफ सोसियल वर्कस् (एनएसएसडब्लु) का मदन थापा सर्वाधिक गोलकर्ता बने । नकआउट आधारमा सञ्चालित फुटबलमा एलएसीएमको दुईसहित २० टिमले प्रतिस्पर्धा गरेका थिए ।
आर्थिक सहयोग हस्तान्तरण ः
फुटबलको समापनको अवसरमा आयोजक एलएसीएम, स्टुडेन्ट काउन्सिलले लिटिल एन्जल्समा इलेक्ट्रिसियनका रूपमा कार्यरत श्रीकृष्ण थापाका छोराको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको थियो । लिटिल एन्जल्सका विद्यार्थी तथा फुटबलको सेमिफाइनल खेलदेखिको टिकटबाट संकलित एक मुष्ट रकम १७ हजार ८ सय २२ रूपैयाँ थापालाई प्रदान गरिएको काउन्सिलका अध्यक्ष विवेक श्रेष्ठले जानकारी गराएका छन ।

बक्सिङमा तमासा …लाई भन्दा देख्नेलाई लाज

बक्सिङका खेलाडीहरूको विदाइ कार्यक्रममा बक्सिङ संघका पदाधिकारीहरूले तमासा देखाएका छन । आफ्नो अस्तित्व देखाउन बक्सिङका दुइ समुहले छुट्टाछुट्टै विदाइको कार्यक्रम गरेर यस्तो गाइजात्रा देखाएका हुन । साधारणसभापछि विभाजित दुई समुहले बक्सिङको हर्ुमत लिने क्रममा राखेपमा दुई घण्टाको अन्तरमा दुइवटा विदाइको कार्यक्रम गरेका थिए । आइतवार राजिव श्रेष्ठको समुहले दिउसो १ वजे र रवीराज थापाको समुहले तीन वजे विदाइको कार्यक्रम आयोजना गरेका थिए ।
साँढेको जुधाइमा बाछाको मिचाइ भने झै दुइ समुहको अस्तित्वको लडाइमा खेलाडी भने नराम्रो संग पिसिएका थिए । काजखस्तानमा चैत्र २२ देखि बैशाख १ गतेसम्म हुने एसियन ओलम्पिक छनोटमा दीपक महर्जन र प्रशिक्षक अनुप लामा सहभागिता जनाउन जादै थिए । तर साधारणसभापछि उठेको विवाद पश्चात बक्सिङ संघका हरेक क्रियाकलाप ओझेलमा पर्दै गएका छन । खेलाडी दीपक महर्जनले यो विवादले गर्दा आफुले राम्रो संग प्रशिक्षण समेत गर्न नपाएको तित्तता पोखेका छन । ओलम्पिक छनोट खेल्नुअघि बैदेशिक प्रशिक्षणमा लाने भनिएपनि यो विवादले गर्दा जान नपाएको खुलासा समेत गरेका थिए । स्मरण छ, दीपकलाइ थाइल्याण्डमा प्रशिक्षण दिने भनिएको थियो ।
बक्सिङ संघ दुइ गुटमा विभाजित भई विदाइ गरेपछि खेलाडी दीपक महर्जनले यसलाइ दुर्भाग्यको संज्ञा दिएका छन । उनले यस्तो विभाजनले खेलाडीहरू मारमा पर्ने बताउँदै बक्सिङ हित र विकासका लागि दुबै पक्षले मिलेर काम गर्नुपर्ने कुरामा जोड दिएका थिए । उनले आफु खेलाडी भएको नाताले विदाइ कार्यक्रममा जानै पर्‍यो भन्दै एउटै संघको दुइवटा विदाइ कार्यक्रममा जानु आफैलाइ नरमाइलो लागेको खुलासा गरेका थिए । दीपक छनोट चरण अन्तगृत ८१ केजीमा प्रतिस्पर्धा गर्दैछन् । उनले आफ्नो सपना ओलम्पिक खेल्ने भएकोले वैदेशिक प्रशिक्षण नभए पनि उत्कृष्ट प्रदर्शनको प्रयास गनर्ेृ बताए । यो प्रतियोगिता एसियाली राष्ट्रबाट यसै वर्ष हुने लण्डन ओलपम्पिका लागि अन्तिम छनोट हो ।
खेलाडी बिदाइका लागि हुँदै समूहले राष्ट्रिय खेलकुद परिषद्का सदस्इह सचिव युवारज लामालाई वअतिथिको रूपमा डाकेका थिए । तर लामाले आफ्नो उपस्थितिलाई दुबै पक्षले आधिकारिकताको ट्याक लगाउन खोजेको भन्दै उक्त कार्यक्रममा गएनन् । सदस्य सचिव लामाले दुबै पक्षलाई अराजक भन्दै बिदाईको नाटक मञ्चन गर्नु हाँस्यपद भएको प्रष्ट पारेका थिए । उनले खेलाडीको समपूर्ण खर्च राखेपले ब्यहोर्ने तर बिर्दाको नाटक अरूले मञ्चन गर्न कदापी मिल्दैन भने । लामाले यदि दुबै समूहलाई बक्सिङको चिन्ता भएको भए एउटै मञ्चमा बसेर खेलाडीहरूको बिदाई गर्न सक्नुपथ्र्यो भन्दै यो बक्सिङ होइन व्यक्तिगत चिन्ता मात्र भएको बताए् । यस्तै लामाले खेलकुदमा आफूले यस्तो अराजकता देख्न नसक्ने भन्दै यसको छिट्टै राखेपको बोर्ड बैठकपछि छिनोफानो गराउने खुलास गरेका थिए ।
गत महिना बक्सिङको साधारणसभा पूर्व अध्यक्ष रविराज थापाले स्थगित गरेपछि उपस्थित बहुमत सदस्इले राजीवन श्रेष्ठको नृतत्वमा ११ सदस्यीय नयाँ कार्यसमितिको निरि्वरोध चयन गरेका थिए । यसपछि बक्सिङ संघ दुई समूहमा विभाजित भएको थियो । थापा पक्षले श्रेष्ठको समूहलाई वअस्विकार गर्दै आएको छ भने श्रेष्ठ पक्षले आफूलाई नै वैधानिक रूपमा प्रसतुत गर्दै आएको छ । तर वर्तमान अवस्थासम्म राखेपले कुनै पनि समूहलाई वैधानिकताको लालमोहर लगाएको छैन । यसरी कुर्सीको लडाइमा बक्सिङलाई बलीको बोका बनाउँदै आएका दुबै समूहको यो लडाइ कहिलेसम्म चल्ने हो त्यो बक्सिङप्रेमीका लागि चिन्ताको विषय बनेको छ ।