दुई लाख हत्याउन अपहरण र हत्या

दुई लाख हत्याउन अपहरण र हत्या


१० दिनपछि ढकालका हत्यामा संलग्न सुवाल पक्राउ

१० दिनअघि भक्तपुरको सूर्यविनायक-८, सिपाडोलबाट हराएका गोपाल ढकालको हत्यामा संलग्न पक्राउ परेका छन् । काठमाडौं अपराध अनुसन्धान कार्यालयले तेह्रथुमको छथर-२ स्थायी घर भएका ३३ वर्षीय ढकालको हत्यामा संलग्न भक्तपुरको चाँगुनारायण-६ का २९ वर्षीय सन्तोष सुवाललाई पक्राउ गरेको हो ।

ढकालको सुवालले अपरहण गरेका र उनकी श्रीमति रेणु ढकालसित श्रीमान चाहिने भए २ लाख रुपैयाँ लिएर आउन मोवाइलमा भनेकी थिइन् । रेणुले श्रीमानलाई अपहरण गरेको र आफूलाई २ लाख रुपैयाँ लिएर आउन भनेको भन्दै प्रहरी वृत्त जगातीमा निवदेन दिएकी थिइन् ।

अपहरण गरेको एक दिनपछि अर्थात यही फागुन ११ गते सूर्यबिनायक नगरपालिकाको वडा ८ स्थित रोधन बस्नेतको गोठमा ढकाल मृत अवस्थामा फेला परेका थिए । सुवाललाई प्रहरीले काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिका वडा ६ बाट हिजो शनिबार मृतकको मोवाइलसहित पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले घटना र विचारलाई बताए ।