१० लाख स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

१० लाख स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ


रौतहटको ईशनाथ नगरपालिका-१ जानपुलबाट स्रोत नखुलेको नगद १० लाख रूपैयाँसहित २ जना पक्राउ परेका छन् ।

हिजो (सोमबार) राति प्रहरीले मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ बस्ने ३० वर्षीया मरमती मोक्तान र ३६ वर्षीय देवराज थिङका साथबाट उक्त रकम बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय बन्जरहाबाट खटिएको प्रहरीले प्र३०१–०२३च ५३८५ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान जारी रहेको भन्दै पूर्ण विवरण आउन केही समय लाग्ने बताएको छ ।