यतिबेला नायक निखिल उप्रेती निकै कन्फ्युजमा छन् । के गर्ने अनि के नगर्ने ? एउटा उखान छ नि दुई जोईको पोइ कुनामा पसी रोई । यस्तै भएको छ निखिलको जीवनमा पनि । आफूलाई सपोर्ट गर्ने अनि दुःखसुखमा साथ दिएर दिनेशबाट निखिल बनाउने पत्नी कोपिला उप्रेतीलाई धोका दिँदै सञ्चितालाई कान्छी श्रीमतीको रूपमा अङ्गीकार गरेका निखिलले जेठीबाट एक छोरा हुँदैहुँदै सञ्चिताबाट पनि सन्तान पाए ।
अचम्मको कुरा के छ भने पहिलो सन्तान जन्मिएको तीन महिना पनि बित्न नपाउँदै सञ्चिताको बजारमा अर्को हल्ला फैलियो, ‘सञ्चिता त फेरि गर्भवती भइन्…।’ यो चर्चासँगै सञ्चिताबारे बजारमा अर्को चर्चा सुरु भयो, ‘सञ्चिता सन्तान जन्माउने मेसिन हुन् कि क्या हो ? ‘
आफ्नो नाम, क्रेज र उचाइ भासिँदै जाँदा यता एकपछि अर्को सन्तानको बाबु बन्दै गइरहेका छन् निखिल । यति नै बेला निखिल अब चौथो सन्तानको पिता पनि बन्ने खबर बजारमा आएको छ । निखिलकी पहिली पत्नी कोपिला उप्रेतीबाट पहिले नै अढाइ वर्षको एक छोरा रहेका छन् । निखिलको पहिलो छोरा यसै साता आइतबारबाट स्कुल जान थालेका छन् भने अब कोपिला उप्रेती पनि दोस्रो सन्तान जन्माउने तयारीमा रहेकी छिन् । कोपिलालाई चेक गरिरहेकी छिन् नर्भिक अस्पतालकी डाक्टर मीरा हाडाले । ‘मेरो पहिलो सन्तानको चेक पनि उहाँले नै गर्नुभएको हो । दोस्रो पनि उहाँले नै गर्दै हुनुहुन्छ,’ कोपिलाले घटना र विचार भनिन् ।
कोपिलाको गर्भमा तीन महिनाको बच्चा हर्ुर्किरहेको कुरा बुझिएको छ भने यो सन्तानलाई संसारमा ल्याउने कि नल्याउने ? कोपिला दोधारमा छिन् । ‘एक त पहिलो सन्तानलाई हुर्काउन र पढाउन मुस्किल परिरहेको छ । यस्तो अवस्थामा सन्तान धेरै जन्माएर मात्र के गर्ने ? म दोधारमा छु,’ कोपिलाले भनिन् ।
त्यसो त आफ्नी जेठी धर्मपत्नीको गर्भमा आफ्नो सन्तान हर्ुर्किरहेको जानकारी पाएपछि निखिलले हाल आफ्नो अवस्था राम्रो नभए तापनि पछि राम्रो हुने बताउँदै आएका छन् । ‘उहाँले त दोस्रो सन्तानबारे अहिले कुनै कठोर निर्णय नगर, त्यसलाई जन्माउनुपर्छ भन्नुभएको छ । उहाँकै सरसल्लाहअनुसार अगाडि बढ्छु म,’ आफ्नो पति निखिलप्रति विश्वस्त हुँदै कोपिलाले भनिन् ।
कोपिला भने पहिलो सन्तानलाई राम्रो शिक्षा दिन नसक्ने अवस्थामा अर्को जन्माएर अरूलाई कसरी विजोग देखाउने कुरा बताउँछिन् । ‘त्यै पनि ९-१० वर्षदेखिको श्रीमान्- श्रीमतीबीचको सम्बन्धलाई मैले विश्वास पनि गर्नुपर्छ । उहाँ ? निखिल) ले विश्वास दिलाउनुभएको छ । आफ्नो शरीरको ख्याल पनि गर भनेर सम्झाउनुभएको छ,’ कोपिलाले थपिन् । निखिल र कोपिलाबीच ०५८ सालमा विवाह भएको थियो भने ०५९ सालमा यो जोडी हनिमुनका लागि मुर्म्बई गएको थियो पहिलोपटक । दुई महिनाअघि मात्र पनि कोपिला निखिललाई भेट्न छोरासहित मुर्म्बई गएकी थिइन् ।
भीडमा नयाँ अनुहार
नयाँ विषय, नयाँ प्रस्तुति र नयाँ कथा समेटिएका चलचित्रहरूले व्यावसायिक बजार पाइरहेको अहिलेको समयमा नयाँ कलाकारहरूलाई पनि दर्शकहरूले माया गरिरहेका छन् । यसैगरी यही अवस्थामा आफ्नो उपस्थिति पनि बलियो बनाउन एकजना नयाँ कलाकार आउँदै छन् चलचित्रमा । उनी हुन् सुरज गुरुङ ।
चितवनका सुरज यतिबेला सिनेमामा हिरो बन्ने सोच र उद्देश्य बोकेर काठमाडौंमा सङ्घर्षरत रहेका छन् । विभिन्न फेसन शोमार्फत आफूलाई स्टेजहरूमा उतारिसकेका सुरज हाल काठमाडौंको मध्यबानेश्वरमा रहेको स्टार एकेडेमीमा अभिनय, नृत्य र द्वन्द्वको प्रशिक्षण लिनमा व्यस्त छन् । ‘केही सिकेर नै प्रवेश गरौँ भनेर प्रशिक्षण लिएको हुँ । आफू परिपक्व भएपछि रिजल्ट पनि राम्रो होला भन्ने धारणा छ मेरो,’ सुरजले भने ।
हर्बोका ‘स्त्री-पुरुष’ बिचल्लीमा
कलाकारितालाई भर्याङ बनाउँदै यसकै आडमा आफ्नो अनुहार देखाएर जनता ठग्दै आएको हर्बोका लागि ग्राहक जनाउँदै हिँड्ने नेपाली सिनेमाकी एउटी हिरोइन यतिबेला प्रहरीको निगरानीमा परेकी छिन् । कलाकारिताभन्दा बढी ठगीतिर सक्रिय पूजना (स्त्री) प्रधान गैरकानुनी कार्य गर्न हर्बोकी एक क्रियाशील अङ्ग थिइन् ।
उनले ठूला सपना बाँडेर नेपाली कलाकारिता क्षेत्रमा लागेका थुपै्र कलाकारलाई पनि सदस्य बनाएको कुरा खुलेको छ । तर, कलाकारहरू पूजनाबाट ठगिनु भनेको उल्टै आफ्नो बेइज्जत हुनु हो भन्ने सोचेर नाम बताउन सकिरहेका छैनन् र आफू ठगिएको रकम पूजनाबाट कसरी उठाउन सकिन्छ भन्नेतिर लागेका छन् यतिबेला । पूजनालाई हर्बोमा भने पुष्पराज पौडेल (पुरुष) ले छिराएका हुन् । हर्बोका उपाध्यक्ष पुष्पराज पनि कलाकारिता भनेपछि मरिमेट्ने गर्दथे । पूजना र पुष्पराजको भेट भएको थियो चलचित्र तस्बिरबाट । यो चलचित्रमा पुष्पराज र पूजनाले एकसाथ काम गरेका थिए । यो चलचित्रबाट जोडिएको यी दुईको सम्बन्ध पछि झाँगिँदै गयो र नाम परिवर्तनसम्म पुग्यो । पहिलेकी पूजा पूजना हुँदै पूजना स्त्रीसम्म पुगिन् भने पुष्पराज बने पुरुष । पूजना स्त्री अनि पुष्पराज पुरुष । दुवै कसैलाई अभिवादन गर्नुपर्यो भने जयसङ्गत भन्दथे । हेर्दा निकै गम्भीर र धार्मिक आस्था शिरोधार्य गर्नेजस्तो लाग्ने यी दुईको भित्री खेती अहिले यो र्छलङ्ग भएको छ । पछि दुवैले हर्बोकै लगानीमा काठमाडौंको बत्तीसपुतलीमा जयसङ्गत नामक आश्रम र पुरानो बानेश्वरमा रहेको चौरासी व्यञ्जन रेस्टुरेन्ट खोले । प्रहरीले यो हप्ता आश्रम र रेस्टुरेन्टमा छापा मारेको छ भने आगामी हप्ता म्युजिक भिडियोको सुटिङका लागि दुबई जान लागेकी पूजनालाई विदेश जानबाट रोकेको छ ।
यता पूजना स्त्री र पुष्पराज पुरुषले पछि एकसाथ अर्को चलचित्रमा पनि काम गरे ‘श्रीमान्’ । यो चलचित्रमा पुष्पराज नायक मात्र थिएनन् कि निर्माता पनि उनी नै थिए । तर, लोकले थाहा पाउलान् भनेर हर्बोको नाम पुष्पराजले कतै हालेनन् र निर्माताको रूपमा देखापरे कल्याण घिमिरे । जनताबाट जम्मा गरेको रकमको यसरी अर्काको नाममा दुरुपयोग गर्यो यो समूहले । यतिबेला कल्याण घिमिरे पनि सर्म्पर्कबाट बाहिर छन् । जानकारीमा आएअनुसार कल्याण चलचित्र श्रीमान् देखाउन भनेर मलेसिया गएको कुरा बुझिएको छ ।
आफ्नो क्षमता र हैसियतभन्दा ठूलो काम र कुरा गर्ने पूजना प्रधानले अहिलेसम्म तीनपटक नाम नै परिवर्तन गरिन् । पहिले उनलाई निर्देशक नरेश पौडेलले चलचित्र हिरोमा ल्याएका थिए । त्यसमा उनी पूजा भएर आएकी थिइन् भने पछि पूजना प्रधान भइन् र पुष्पराजसँग सङ्गत भएपछि उनी भइन् पूजना स्त्री ।
दारि्जलिङकी पूजना स्त्रीले काठमाडौंमा हर्बोमार्फत फिँजाएको यो सञ्जाल धेरै नटिक्ने भएको छ । चलचित्र क्षेत्रबाट पनि त्यति सपोर्ट नपाएकी पूजना अब हर्बोसँगै विलय हुने निश्चित देखिएको छ । अनि हर्बोको रकम दुरुपयोग गर्दै दाम हर्बोको तर नाम अर्काको राखेर खेल खेल्ने केही नाम मात्रका निर्माताहरूको खोजी गरिनुपर्ने अवस्था यतिबेला सिर्जना भएको छ ।
ढकालका कृतिबारे परिचर्चा
प्रगतिवादी साहित्यकार घनश्याम ढकालको स्मृतिमा आयोजित साहित्यिक परिचर्चा कार्यक्रम यसै साता विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा सम्पन्न भएको छ । प्रतिबद्ध साहित्य समाजले आयोजना गरेको कार्यक्रममा ढकालका कृतिहरूको साहित्यिक र सांस्कृतिक पाटोबाट परिचर्चा गरिएको थियो ।
कवि, कथाकार, उपन्यासकार, निबन्धकार, समालोचक र माक्र्सवादी सौर्न्दर्यचिन्तकसमेत रहेका स्वर्गीय ढकालको काव्यकला र निबन्धकलाबारे उपप्राध्यापक डा. सुकुम शर्माले चर्चा गरेका थिए । सुरुका दिनमा अजात, सागर, प्रकाश शर्माजस्ता उपनामबाट लेखनयात्रा थालेका ढकालले ‘मातृभमिको गोरेटोमा’ निबन्धबाट साहित्यिक यात्रा सुरु गरेका हुन् । सहप्राध्यापक रमेश भट्टराईले ढकालको कथा कृतिबारे चर्चा गर्दै ती कृतिमा नेपाली समाजको वर्ग चित्रण, लैङ्गिक सचेतना, गणतान्त्रिक चेतना र सहिदप्रति सम्मान प्रकट गरिएको बताए । यस्तै, प्रगतिशील लेखक सङ्घका पूर्वमहासचिव एवम् वर्तमान सल्लाहकार अमर गिरीले राष्ट्रले प्रतिबद्ध, स्वाभिमानी र कर्तव्यनिष्ठ साहित्यकार गुमाएको र त्यो रिक्तता पूरा गर्न धेरै समय लाग्ने बताए । ढकालसँग तीन दशकदेखि सँगसँगै यात्रा गरेका गिरीले आफू उनीबाट निकै प्रभावित भएको उल्लेख गरे । डा. सुधा त्रिपाठी, डा. कृष्णहरि बराल, डा. देवीप्रसाद गौतमलगायतले स्वर्गीय ढकालको सङ्घर्षशील व्यक्तित्वबाट अरूले पनि सिक्नुपर्ने बताए । कार्यक्रममा ढकालकी छोरी बन्दना पनि उपस्थित थिइन् ।
प्रगतिशील लेखक सङ्घका अध्यक्ष ढकालको माओवादी जनसभामा सहभागी हुन आउने क्रममा फागुन १ गते दुर्घटनामा परी निधन भएको थियो । २०१० सालमा स्याङ्जामा जन्मिएका ढकालका भरिया र यात्री, सहिद मानचित्रमा नपरेको सहिद, समर्पणको बाटोमा, आजको महाभारत र सहिदको सालिक कथासङ्ग्रह, फैसला हारजितको र भावनाका छालहरू कवितासङ्ग्रह, नाम कमाउने रहरमा र दर्रि्रताबाट मुक्ति निबन्धसङ्ग्रह साथै उपन्यास र समालोचनात्मक कृतिहरूसमेत प्रकाशित छन् ।-फणीन्द्र संगम
प्रतिक्रिया