औषधी व्यवसायीद्वारा अग्निपीडितलाई राहत वितरण

औषधी व्यवसायीद्वारा अग्निपीडितलाई राहत वितरण


विराटनगरका औषधी व्यवसायीहरूले मोरङको रङ्गेली नगरपालिका-३ बाबुसाहेप टोलका अग्निपीडितहरूलाई राहत वितरण गरेका छन् ।

अग्निपीडितहरू बसेको ठाउँमा व्यवसायीहरू पुगेर राहत वितरण गरेका हुन् । शनिबार दिउँसो विद्युत सट भएर रंगेली–३ मा २० घर जलेर २८ परिवारका १ सय १८ जना विस्थापित भएका छन् । उनीहरू जलेको घरदेखि दक्षिणमा त्रिपाल टाँगेर बसेका छन् ।

अग्निपीडित हरुको जीवनयापनमा कष्टकर भएको जानकारी पाएपछि विराटनगरका औषधी व्यवसायीहरू राहत लिएर पुगेका हुन् । उनीहरूले खाद्यान्य, झुल र स्कुल पढ्ने विद्यार्थीहरूको लागि स्टेशनरीको सामाग्री लिएर राहत वितरण गरेको नेपाल औषधी व्यवसायी संघका अध्यक्ष तथा शिवम मेडिकल हलका संचालक देशबन्धु ढकालले जानकारी दिए ।

राहत वितरणमा सहयोग सेजल शैसवका संचालक याम चौलागाइ, शिवम मेडिकलको संचालक देशबन्धु ढकाल, न्यूरो हस्पिटल फार्मेसीका संचालक प्रविण प्रधान, कलश फार्मका संचालक बेदबहादुर थापा गणेश, इन भिजन ड्रग डिस्टुबिटर प्रालिका संचालक सुशिम घिमिरे, रविन्द्र कोइराला, महेश मण्डल, रुपक काफ्लेलगायतले सहयोग गरेका थिए । उनीहरू पुगेर अग्नीपीडितलाई राहत बाँडेका हुन् ।