२३ जना प्रहरी सम्पर्कविहीन : सूचना जारी गर्दै प्रधान कार्यालय

२३ जना प्रहरी सम्पर्कविहीन : सूचना जारी गर्दै प्रधान कार्यालय


पछिल्लो समय नेपाल प्रहरीतर्फ आकर्षण घट्दो छ । जसकै कारण प्रहरी सेवामा प्रवेश गरेर पनि भाग्दै अन्य कामतर्फ लाग्नेको संख्या अधिक छ ।

पछिल्लो पटक नेपाल प्रहरीमा २३ जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन् । जसको खोजी गर्न मंगलबार (आज) प्रहरी प्रधान कार्यालयले सूचना नै जारी गरेको छ ।

सूचनाअनुसार प्रहरी सहायक निरीक्षक (असइ) चार जना, एक जना हवल्दार र बाँकी प्रहरी जवानसहित २३ जना कर्मचारीलाई सम्पर्कमा आउन भनिएको छ । उनीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन र नआएको अवस्थामा कानुनी कारवाही प्रकृया अघिबढ्ने जनाउ दिएको छ ।

सूची हेर्नुहोस्-