त्रिशूलीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु

त्रिशूलीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु


काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार ज्यान गुमाएकाहरूको परिचय खुलेको छैन ।

शनिबार बिहान ७ः१५ बजे चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित पृथ्वी राजमार्गको सिमलधारानजिक बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो । दुर्घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।