महालेखा परीक्षकमा तोयम राय सिफारिस

महालेखा परीक्षकमा तोयम राय सिफारिस


संवैधानिक परिषद्ले १० महिनादेखि रिक्त रहेको महालेखा परीक्षकमा पूर्व अर्थसचिव तोयम रायलाई नियुक्तिका लागि सिफारिस गरेको छ । आइतबार बिहान बसेको परिषद् बैठकले रायलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

रायले राष्ट्रिय योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयमा सचिव भएर काम गरिसकेका छन् । रायलाई कानुनअनुसार अब राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गर्नेछन् ।

महालेखा परीक्षक बन्न १६ जनाले आवेदन दिएका थिए । तीमध्येबाट रायलाई महालेखा परीक्षक नियुक्ति गरिएको हो ।