सडक बसहमा त्रिविका कर्मचारी अनुपस्थित

सडक बसहमा त्रिविका कर्मचारी अनुपस्थित


नसुध्रिए कुर्सीबाट सडकमा ल्याउने चेतावनी

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आइतबार विद्यार्थीले एक वर्षअघि दिएको परीक्षाको कपि हराएको विषयमा त्रिभुनव विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा सडक बहस सम्पन्न गरेको छ ।

प्रश्नपत्र र उत्तरपुस्तिकाको लापरबाही कहिले सम्म ? जिम्मेवार को ? र किन ? भन्ने विषयमा गरिएको सडक बहस अनेरास्ववियुका अध्यक्ष समिक बडाल, उपाध्यक्ष गोविन्द गिरि लगायतका अन्य नेताहरुको उपस्थितिमा केन्द्रिय शैक्षिक विभागको आयोजनामा भएको कार्यक्रम सम्मन्न भएको हो ।

अनेरास्ववियुको शैक्षिक विभागले त्रिविका उपकुलपति, परिक्षा नियन्त्रकलगायतलाई पनि बहसमा बोलाएको थियो । तर, उहाँहरु जवाफ दिन उपस्थित नभएपछि बहस प्रदर्शन हुँदै कोणसभामा मोडिएको थियो । कार्यक्रमा सहभागि विद्यार्थीहरुले त्रिविको ढिलासुस्ती कहिले सम्म ?, विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न पाइँदैन, १६८ वटा कपि खोई ? जस्ता नाराहरु लगाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका अध्यक्ष समिक बडालले त्रिविका कर्मचारी समस्यादेखि कतिदिन लुकेर र भागेर बस्ने भन्दै अनेरास्ववियु यसैगरि जवाफविहीन भएर बसे अझैं ठूलो रचनात्मक आन्दोलनको बाटो अपनाउने बताए ।

त्यस्तै कोणसभामा आफ्नो भनाई राख्दै उपाध्यक्ष गोविन्द गिरीले वर्षेनि त्रिविको लापरबाहीका कारण परीक्षा लिइसकेको कापि हराउने र विद्यार्थीलाई पुनः परीक्षा दिन लगाउने परिपाटी बन्द हुनुपर्ने भन्दै त्रिविको ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै शैक्षिक विभाग प्रमुख गोविन्द थपलियाले यस विषयमा त्रिविका कर्मचारी यस आन्दोलनबाट पनि नसुध्रिए देशैभर अझ शसक्त आन्दोलन गर्ने बताउँदै शैक्षिक र विद्यार्थीका मुद्दामा जिम्मेवार र व्यवहारीक बन्न त्रिविका कर्मचारीको ध्यानाकर्षण गराए ।