घरमै रक्ताम्मे अवस्थामा मृत फेला परे घर्ती दम्पति

घरमै रक्ताम्मे अवस्थामा मृत फेला परे घर्ती दम्पति


पर्वतको जलजला-२ मा एक दम्पती घरमै मृत फेला परेका छन् । उनीहरुको हत्याको आशंका गरिएको छ । प्रहरीका अनुसार सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला घरमै मंगलबार बिहान मृत फेला परेका हुन् ।

घटनास्थल रक्ताम्मे रहेको छ भने उनीहरुको हत्या भएको प्रहरीको प्रारंभीक अनुसन्धानबाट खुलेको प्रहरी जनाउँछ । प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।

यो घटनाको विस्तृत विवरण आउन बाँकी छ ।