माओवादी नेता कालीबहादुर खाम प्रहरीको नियन्त्रणमा

माओवादी नेता कालीबहादुर खाम प्रहरीको नियन्त्रणमा


काठमाडौं कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको प्रकरणबाट चर्चामा आएका माओवादीका नेता कालीबहादुर खामलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनलाई काठमाडौंको ठमेल क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका खामलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिएका छन् । व्यक्ति अपहरण तथा बन्धक बनाइ हत्या गरेको आरोपमा नेता खामलाई पक्राउ गरिएको नायव महानिरीक्षक ढकालको भनाइ छ ।

तत्कालीन माओवादी सैन्य कमाण्डर खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ । सोही घटनाको विषयमा यसअघि पक्राउ परेका तत्कालीन माओवादीका सैन्य सहायक कमाण्डर गोविन्दबहादुर बटाला भने रिहा भइसकेका छन् ।

खामको पक्राउ सन्दर्भलाई कतिपयले ‘पक्राउ गरेको भन्दै प्रशंसा बटुल्ने र केही दिनमै सफाइ दिएर चोख्याउने’ चालको रुपमा विश्लेषण गरेका छन् ।