५० लाखको औषधि र खुद्रा सामान बरामद

५० लाखको औषधि र खुद्रा सामान बरामद


पर्षा प्रहरीले ५० लाख १२ हजार रुपैयाँका औषधि र खुद्रा सामान बरामद गरेको छ । भन्सार नतिरी नेपाल ल्याएको उक्त रकमबराबरका सामान बरामद गरेको प्रहरीले दजनाएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका-१२ पावरहाउस चोक सडकखण्डबाट ना८ख ३५४९ नम्बरको ट्रकमा ४१ लाख ९३ हजार रुपैयाँबराबरका कपडा र खुद्रा सामान बरामद भएको हो ।

यस्तै वीरगञ्ज-१६ रजतजयन्ती चोक खण्डको बाटोहुँदै भारतबाट भन्सार छली ल्याउदै गरेको कपडा, चिनी, सुर्ती तथा औषधी करिव ८ लाख १९ हजार रुपैयाँको बरामद गरिएको र ती सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।