‘बैरी नबनौँ हामी हाम्रै’

‘बैरी नबनौँ हामी हाम्रै’


✍ शोभा काफ्ले खतिवडा

म यो राष्ट्र धोऊँ पसिनाले मेरो
सारा देशमै बोकौँ काँधमा मेरो
पछ्यौरीमा बाधौँ मेरो देशलाई !
आँखामा लुकाऊँ हिमाल मेरो !!

00

कुनै बैरी छैनन् यो मेरो भूमिका
मात्र हामी हामीनै हौँ नमिलेका
देशका हिमाल त बुझ्दैनौँ हामी
अनि कसोगरी बुझ्छौ देश पनि ?

00

जलको धनी नदीहरुको देश यो
हिउँमा त कति मृत संजीवनी हो
हिमाली रत्नको उज्यालो बाली
सजाऊँ कर्मले सातैप्रदेश खाली

00

कविको कविता, काब्य झैँ देश
साहित्यका मिठा छन्दझैँ प्रदेश
गाइनेको मिठो गीत झैँ छ देश !
पूर्वको लाली हाँसेझै छ यो देश

00

तुनाभित्र टम्म पारी सजाऊँ देश
छातीभित्र मायालु झैँ लुकाऊँ देश
कसैले नजर नलाउन भूमिलाई
चिटिक्क पारी लिपौँ माटोलाई

00

कतै मायालु बादलुमा नखोजौँ
देशको पाहाड, तराइमा म भेटौँ
गीतगाऊँ भाका हाल्दै मदेशको
प्रिय शब्द खोजौँ म चन्द्र जस्तो

00

अटल रहोस् है धरातल धराको
गरिमा बढोस् सगरमाथाजस्तो
पिरतिका सुन्दर बुट्टा म कोरौँ !
मायालुलाई मुटु छातीमा रोजौँ

00

हामी सबै मिलेर देश नटुक्ऱ्याऊँ
देशको महिमा के छ कुरा बुझौँ
मर्दा लानेमात्र हाम्रा असल कर्म
देशको महिमा गुणगान हो धर्म

  • शुभा