सुनसरीको हरिनगर गाउँपालिकास्थित रामनगर भुटाहामा एक हिन्दू युवालाई लक्षित गरी इस्लामिक नाराका साथ सामुहिकरुपमा सांघातिक आक्रमण गरेको घटनाप्रति विश्व हिन्दु परिषद (नेपाल)ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बिहिपका अनुसार परीक्षा दिन रामनगर भुटाहास्थित बालकृष्ण उच्च माध्यमिक विद्यालय पुगेकी बहिनीलाई लिन आएका हरिनगर गाउँपालिका-३ घर भएका जीवन मेहतालाई निर्घात कुटपिट गम्भीर घाइते बनाइएको छ । योजनाबद्ध रुपमा घटाइको उक्त घटनामा घर बनाउन प्रयोग गरिने छड, बाँसको भाँटा, पाइप, हेल्मेट आदिले ज्यानमार्ने गरी कुटपिट गरिएको भिडियोमा पनि हेर्न सकिन्छ ।
कुटपिट भइरहँदा परिक्षा केन्द्रमा सुरक्षाको लागि खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले कुनै प्रकारको कदम नचालेको कारण भिडले उग्र रुप लिदै मेहतालाई निर्घात कुटपिट गरिएको थियो । विद्यालय अगाडिबाट कुटपिट गर्न सुरु गरेको भिडले मेहतालाई घिसार्दै बजारमा लग्दा समेत प्रहरी प्रशासनले आवश्यक कदम नचाल्नु एवं हालसम्म घटनामा संलग्न जिहादी अपराधीहरुलाई नियन्त्रण नगरिनुले प्रशासनको आचरणमाथि समेत प्रश्नवाचक चिन्ह खडा भएको बिहिपको आरोप छ ।
प्रशासनद्वारा घटनामा संलग्न अपराधीलाई कारवाही नगरी हिन्दू समाजको प्रतिक्रियालाई दबाउने प्रयास गरिए अवस्था भयावह हुने निश्चित छ । घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै घटनाका दोषीलाई यथाशीघ्र कडा भन्दा कडा कारवाही गर्न सम्बन्धित निकायसमक्ष विश्व हिन्दू परिषद् नेपालले माग गरेको छ ।
सनातन हिन्दू धर्मलाई समाप्त पार्ने मनशायले हिन्दूविरोधी तत्वहरु सक्रिय रहेकाले यस्ता जिहादी तत्वहरुलाई निरुत्साहित गर्न सबैलाई संगठित भइ अगाडि बढ्न विश्व हिन्दू परिषद नेपाल आग्रह गर्दछ साथै आपसी एकता कायम राख्दै अपराधीहरूलाई कानुनी दायरामा ल्याउन दबाब सिर्जना गर्न प्रयास गर्न आह्वान समेत गरेको छ । घटनामा परी घाइते भएका जीवन मेहता र गोली लागि घाइते भएका युवाहरुको यथोचित उपचारको व्यवस्था गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउदै शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
प्रतिक्रिया