डोल्पा डढेलो घटना : तीन सैनिकको मृत्यु

डोल्पा डढेलो घटना : तीन सैनिकको मृत्यु


डोल्पाको ठूलिभेरी नगरपालिका-४ स्थित मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जुम्लाको तातोपानी गाउँपालिका-४ घर भइ देवीदत्त गण दुनैमा कार्यरत २८ वर्षीय सैनिक जवान हेमन्त रावल, काभ्रे घर भएका ३८ वर्षीय जमदार केशवबहादुर मगर र हुम्ला घर भएका २३ वर्षीय आशिस बुढा रहेका प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालले जानकारी दिएका छन् ।

रावलको उपचारको क्रमबार सोमबार साँझ जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको थियो भने जमदार मगर र बुढाको उपचारको क्रममा काठमाडौं किर्तिपुरस्थित जलन अस्पतालमा मृत्यु भएको हो । घाइते ३० वर्षीय प्युठ विजय कोइरालाको काठमाडौंमै उपचार भइरहेको छ ।

मृतक रावलको शव नेपाली सेनाको हेलिकप्टरमा जुम्ला पुऱ्याइएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । उनीहरु सोमबार आगो निभाउन गएका थिए । आगो निभाउने क्रममा वरिपरिबाट हावाको बेगसँगै आगो आएपछि खोल्सामा रहेका उनीहरु जलेर घाइते भएका थिए ।