सिन्धुलीको एनसेल टावरमा कुकर बम बिस्फोट, टावर निस्क्रिय !

सिन्धुलीको एनसेल टावरमा कुकर बम बिस्फोट, टावर निस्क्रिय !


सिन्धुलीमा रहेको एनसेलको टावरमा बम बिस्फोट भएको छ । बिहीबार बिहान २ः४५ बजे कमलामाई-४ खट्टारमा रहेको टावरमा बम पड्काइएको हो ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालका अनुसार एनसेलको टावरसँगै केही पड्केको आवाज आएपछि प्रहरी चौकी धुङ्ग्रेबासबाट प्रहरी नायब निरीक्षक र जिल्ला प्रहरी कार्यलय सिन्धुलीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली परिचालन गरिएको थियो ।

प्रहरी घटनास्थलमा पुग्दा अपरिचित मानिसहरुले एनसेल टावर परिसरको उत्तरतर्फको तारको जाली काटी प्रवेश गरेर उक्त स्थानमा रहेको टावरमा कुकर बम पड्काएको पाइएको छ ।

प्रजिअ खनालका अनुसार बिष्फोटबाट टावरको बक्समा क्षति पुगेको छ भने टावरको परिसर भित्र र बाहिर पिपोल लिभरेसन आर्मी जनमुक्ति सेना नामका १५/२० वटा पर्चा फेला परेका छन् ।

बिस्फोटको थप अनुसन्धान गर्न प्रहरी कार्यलय सिन्धुलीबाट प्रहरी नायब उपरिक्षक अनिलकुमार खड्काको कमाण्डमा टोली खटिएको छ । बिस्फोटमा संलग्नको खोजी भइरहेको छ भने बिस्फोटपछि एनसेलको सो टावरले काम गर्न छोडेको छ ।

symbolic image