प्रधानसेनापतिसँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरलको भेटवार्ता

प्रधानसेनापतिसँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरलको भेटवार्ता


नेपाल भ्रमणमा रहेका भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर एके सिंहले प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग शिष्टचार भेटवार्ता गरेका छन् । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा सिंह र शर्माबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्नेलगायत विषयमा छलफल भएको जनाइएको छ ।

लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले भारतीय राजदूतावासमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि आइतबार भेटवार्ता गरेका थिए । सिंह नेपालको औपचारिक भ्रमणका लागि गत चैत २६ गते काठमाडौं आएका थिए ।

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल सिंहले भ्रमणका दौरान भारतीय गोर्खा सैनिक निवास, पेन्सन भुक्तानी कार्यालय, पोखरा र पेन्सन भुक्तानी कार्यालय, धरानको भ्रमण गरेका काठमाडौंस्थित भारतीय दूतवासले जनाएको छ । साथै यसबीच उनले काठमाडौं, पोखरा र धरानमा नेपालमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक सम्मिलित ¥यालीलाई सम्बोधन गरेका छन् । लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले गोर्खा सैनिकको बहादुरीको प्रशंसा गर्दै उनीहरूको साहस र राष्ट्रप्रति देखाएको समर्पित भावको कदर गरे ।

भूतपूर्व वीर गोर्खा सैनिकको अमूल्य त्याग एवम् बलिदानीको स्मरण गर्दै लेफ्टिनेन्ट जनरल नायरले गोर्खा सैनिकको कल्याणका लागि असम राइफल्स, भारतीय सेना तथा भारत सरकार सदैव प्रतिबद्घ रहने बताएका छन् ।