आगो निभाउन खोज्दा स्याङ्जामा दुई जनाको मृत्यु

आगो निभाउन खोज्दा स्याङ्जामा दुई जनाको मृत्यु


आगलागीमा परेर स्याङ्जामा दुई जनाको मृत्यु भएको छ । आगो निभाउने क्रममा बिरूवा गाउँपालिका–७ कुमेरदुङकी ७४ वर्षीया रेउसरी गुरूङ र दाङको लमही नगरपालिका-९ तरूलिया बस्ने ७० वर्षीय वीरबहादुर बोटेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बारीमा झिक्राहरु जलाउने क्रममा सल्कएको आगोका कारण उनीहरुको मृत्यु भएको हो ।

आगलागीबाट घर, गोठ पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँबराबरको क्षति भएको छ । स्थानीय जितबहादुर बोटेको घरगोठमा आगलागी हुँदा करिव ४ लाख ५० हजार रूपैयाँको क्षति भएको बताइएको छ ।