हङकङद्वारा नेपाल चार विकेटले पराजित

हङकङद्वारा नेपाल चार विकेटले पराजित


ओमानमा जारी एसिसी मेन्स प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको तेस्रो स्थानका लागि शनिबार भएको खेलमा नेपाल पराजित भएको छ । हङकङले नेपाललाई चार विकेटले पराजित गरेको हो । जितसँगै हङकङ इमर्जिङ एसिया कपमा छनोट भएको छ ।

नेपालले दिएको एक सय ४० रनको लक्ष्य हङकङले १९ दशमलव तीन ओभरमा छ विकेटको क्षतिमा पूरा गऱ्यो । आजको खेलमा नेपालले कमजोर ब्याटिङ प्रदर्शन गर्दा जारी प्रतियोगितामा चौथो स्थानमा चित्त बुझाएको छ ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४४, सन्दीप जोराले २२ र रोहितकुमार पौडेलले २१ रनबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् । ओपनर कुशल भुर्तेल आजको खेलमा पनि शून्य रनमा आउट भए ।

हङकङको जितमा अंशुमन रनले ६५ रन बनाए । साथै बाबर हयातले २६ रनको पारी खेले । नेपालका लागि सोमपाल कामीले तीन र दीपेन्द्र सिंह ऐरीले दुई विकेट लिए ।