पर्यटन बोर्डविरुद्ध अन्तरिम आदेश

पर्यटन बोर्डविरुद्ध अन्तरिम आदेश


नेपाल पर्यटन बोर्डविरुद्ध पाटन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बोर्डमा प्रमुख कार्यकारी अधिकृत नियुक्तिको विषयमा भइरहेका काम तत्काललाई रोक्न अदालतले आदेश दिएको हो । बोर्डको सिइओ नियुक्तिका लागि अन्तिम तयारी भइरहेको थियो ।

छनोट समितिमा रहेका बोर्ड सदस्यहरु मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयन नै नियमविपरीत भएको भन्दै निवेदन परेपछि अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले यस्तो आदेश दिएको हो ।

कुन्दन शर्मासमेतका अधिवक्ताहरुले छनोट समितिमा रहेका सदस्यहरुको मनोनयन नै नियमविपरीत रहेको भन्दै अदालतमा निवेदन दिएका थिए । अदालतले १५ दिनभित्र विपक्षी बोर्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय र प्रधानमन्त्री कार्यालय लिखित जवाफ पेश गर्न म्याद दिएको छ ।