नेप्सेका सीईओको राजीनामा स्वीकृत

नेप्सेका सीईओको राजीनामा स्वीकृत


नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंको राजीनामा अर्थ मन्त्रालयले स्वीकृत गरेको छ ।

सिइओ चापागाईंले सोमबार (२२ असार) अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष राजीनामा बुझाएका थिए ।

सीईओ चापागाईंले बुझाएको राजीनामापत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ ।