कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा


प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको निलम्बनसम्बन्धी निर्णय सङ्घीय संसद् सचिवालयले फुकुवा गरेको छ ।

सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार निलम्बनसम्बन्धी सर्वोच्च अदालतको उत्प्रेषणको आदेशद्वारा बदर गरिएसँगै सदस्य गुरुङको निलम्बन फुकुवा भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बनमा परेका सांसद गुरुङलाई सर्वोच्च अदालतले फुकुवा गर्ने आदेश दिएको थियो ।

मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ भृकुटी मण्डपको जमिनसम्बन्धी मामलामा अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर भएपछि २०७९ पुस १२ गतेदेखि निलम्बनमा परेका थिए ।

file photo