महाधिवेशन तयारीका लागि जसपाको केन्द्रीय कार्यसमिति बैठक बस्दै

महाधिवेशन तयारीका लागि जसपाको केन्द्रीय कार्यसमिति बैठक बस्दै


जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (१४ वैशाख) पार्टी कार्यालय बालकुमारीमा बस्दैछ ।

पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

जसपाले जेठ २८ गतेदेखि जनकपुरमा महाधिवेशन गर्ने तय गरेको छ ।