आजको पञ्चाङ्ग एवम् राशिफल (१९ वैशाख २०८१ बुधबार, १ मे २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१९ वैशाख २०८१ बुधबार, १ मे २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४६ वसन्त ऋतु वि.सं. २०८१ वैशाख १९ गते बुधबार तद्अनुसार सन् २०२४ मे १ तारिख वैशाख कृष्ण पक्षको अष्टमी तिथि श्रवण नक्षत्र शुभ योग बालव करण आनन्दादियोगमा छत्र योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाण्डौमा सूर्योदय बिहान ५ः२६ बजे भयो र सूर्यास्त साँझ १८ः३७ बजे हुनेछ । बुधाष्टमीव्रत, गोरखकाली पूजा, मजदूर दिवस ।

आजको राशिफल

मेष – आजको दिन बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ने देखिन्छ, तर रचनात्मक कामबाट आम्दानीको दिगो स्रोत जुट्न सक्छ । स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । आयआर्जनका विभिन्न स्रोत भेटिनेछन् भने व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्ने योग छ । नयाँ दायित्व प्राप्त हुनेछ । आरोग्यता रहनेछ । बौद्धिक एवम् सृजनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

वृष – कर्मयोग अभिवृद्धि हुने समय छ । जोखिम घट्नेछ भने सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । पिकनिक वा खानपान समारोहमा सरिक हुने अवसर जुर्न सक्छ । व्यवसाय र खासगरी कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । पैत्रिक सम्पत्तिमा विवाद तथा भागबन्डाको योग छ । सहकर्मीहरूबीच प्रतिस्पर्धा बढ्ला । बिनाकारण आफन्तजनबाट टाढिनुपर्ने देखिन्छ । अभिभावकका बारेमा मनमा चिन्ता जागृत होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

मिथुन – दौडधुप वृद्धि हुने दिन छ । प्रियजनसँग भेटघाट र प्रसन्नताको समय भएपनि राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन् । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने देखिन्छ । सामाजिक प्रतिष्ठामा कमी आउला । साझेदारीको काममा सफलता मिल्नेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ । आफ्नो कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ ।

कर्कट – आश मारेको काम बन्नाले उत्साह बढ्ने समय छ । आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ । तर, पारिवारिक समस्याहरू देखापर्न सक्ने योग छ । साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी बढ्नसक्छ, सचेत रहनुहोला । चुनौतीका बाबजुद परोपकार र मङ्गलमय काम सम्पादन गरिएला । तर विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कने योग छ । आरोग्यता रहनेछ । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला ।

सिंह – प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ भने रमाइलो यात्राको अवसर जुट्न सक्छ । भ्रमणका बीच मानसम्मान पनि प्राप्त हुने समय छ । विद्यार्थीहरूका लागि अनुकूल समय छ । रोकिएका कामहरू बन्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ । अतिरिक्त आम्दानीको योग छ । तर, स्वास्थ्यगत समस्याले सामान्यरूपमा सताउन सक्छ । कार्यबोझ वृद्धि हुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कन्या – कार्यक्षमता वृद्धिका साथै परिवारिक सुख बढ्ने दिन छ । तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला । प्रयत्न गर्दा अध्ययनका लागि विदेशयात्राको कार्यमा सफलता मिल्न सक्छ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिने समय छ । समाजसेवा र परोपकारका कार्य गरिनेछ । आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्नेछ, ध्यान राख्नुहोला । अनुकूल स्थानान्तरणको पनि योग छ । भाग्यबल बढ्नेछ । हाँसखेल तथा रसविलासमा रुचि बढ्नेछ । यात्रामा सफलता हासिल होला ।

तुला – व्यस्तता वृद्धिका साथ कार्यगति बढ्नेछ । आफन्तजनको सहयोग समर्थन मिल्नेछ । सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ, ख्याल रान्ुहोला । सन्तानपक्षबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन्, तर स्वास्थ्यगत समस्या र आफन्तबीच केही असमझदारी बढ्ने देखिन्छ । झुटा आरोप आइलाग्न सक्छन् । बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई भने समय निकै अनुकूल रहने देखिन्छ । शत्रुसित लड्ने क्षमता बढ्नेछ । मनोकूलको काम बनेर मन प्रसन्न रहला ।

वृश्चिक – धेरै परिश्रम तथा ठुलो लगानीबाट कममात्र लाभ मिल्ने समय छ । घरायसी खर्च पनि वृद्धि होला । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने योग छ । शिक्षा तथा अध्ययन-अध्यापन कार्यमा राम्रो प्रगति हुनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर जुर्न सक्छ । जीवनसाथी र सन्ततिका तर्फबाट लाभ मिल्ने सम्भावना छ । पराक्रम वृद्धिका साथै दायित्व पनि बढ्नेछ । धैर्य र विवेकले काम गर्नु उचित हुनेछ ।

धनु – कर्मबल बढ्नेछ । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुने समय छ । विश्वासमा पारेर धोका दिनेहरूले सताउन खोजेपनि साथीभाइले साथ दिनेछन् । पढाइलेखाइमा अनुकूल समय छ । नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । व्यापार–व्यवसाय विस्तार हुनेछ । रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ ।

मकर – आरोग्यता र सुख बढ्नेछ । रसरागको भाव वृद्धि होला । परिश्रमबाटै घर-जग्गा वा स्थिर सम्पत्ति जोड्ने योग छ । सामाजिक प्रतिष्ठा बढ्नेछ भने मानसम्मान पाइनेछ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले महत्वपूर्ण काम सहजै सफल हुने देखिन्छ । तर साझेदारीको काममा भने खटपट पर्न सक्छ, सावधान रहनुहोला ।

कुम्भ – बुद्धिको उपयोगले काम लिने समय छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ । स्थायी सम्पत्ति जोड्ने समय छ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरणको सम्भावना छ । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ भने रसरागको भाव वृद्धि हुनेछ ।

मीन – भाग्य बलवान् रहनेछ । व्यवसायमूलक भ्रमण गर्ने समय छ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइएला । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । सामाजिक पक्ष सबल बन्नुका साथै मानसम्मान पनि पाइनेछ । उद्योग तथा व्यापारमा पनि राम्रै लाभ मिल्ने देखिन्छ । रसरागमा आकर्षण बढ्ला । मनअनुकूलको काम बन्नेछ । आशा उत्साह बढ्नेछ ।