पत्रकार राजबाबु टंकप्रसाद र‌मादे‌वी पाठक पत्रकारि‌ता पुर‌स्कार‌बाट सम्मानित

पत्रकार राजबाबु टंकप्रसाद र‌मादे‌वी पाठक पत्रकारि‌ता पुर‌स्कार‌बाट सम्मानित


शै‌क्षिक उन्नयन र‌ सुशासनका निम्ति सचे‌तना विस्तार‌ गर्ने उद्दे‌श्यले‌ सन् २०१० मा अमे‌रि‌काको‌ टे‌क्सासमा ‘हे‌म-सरि‌ता फाउण्डे‌शन’द्वारा स्थापित टंकप्रसाद र‌मादे‌वी पाठक पत्रकारि‌ता पुर‌स्कार‌ भद्रपुर‌निवासी पत्रकार‌ राजबाबु शंकर‌लाई प्रदान गरि‌एको‌ छ ।

नगद ५० हजार‌ ५ सय ५५ रुपै‌याँसहितको‌ सो‌ पुर‌स्कार‌ ने‌पाल पत्रकार‌ महासंघ झापा शाखाको‌ १४औं जिल्ला अधिवे‌शनको‌ अवसर‌मा बै‌शाख १७ गते‌ प्रदान गरि‌एको‌ हो‌ । हे‌मप्रसाद पाठकले‌ आफ्ना पिता-माताको‌ स्मृतिमा स्थापना गरे‌को‌ ‘टंकप्रसाद-र‌मादे‌वी पाठक पत्रकारि‌ता पुर‌स्कार‌’ सहित सम्मान-पत्र समारो‌हका प्रमुख अतिथि सभामुख दे‌वराज घिमिरे‌ र‌ विशिष्ट अतिथि सांसद एवम् ने‌पाली कांग्रे‌सका महामन्त्री विश्वप्रकाश शर्माले‌ संयुक्त रुपमा पत्रकार‌ शंकर‌लाई हस्तान्तर‌ण गरे‌का थिए ।

शै‌क्षिक उन्नयन र‌ भ्रष्टाचार‌विरुद्ध सचे‌तनामूलक काम गर्ने उद्दे‌श्यअनुरुप स्थापनाकालदे‌खि नै‌ ने‌पालमा सुशासनको‌ पक्षमा अभियान सञ्चालन गर्दै आएको‌ फाउण्डे‌शनले‌ पत्रकारि‌ता, साहित्य र‌ गीत-संगीतका माध्यमबाट भ्रष्टाचार‌विरो‌धी आवाज शंखनाद् गनेर्‌ सञ्चार‌कर्मी, साहित्यकार‌ तथा गीत-संगीतकार‌लाई बर्सेनि पुर‌स्कार‌ प्रदान गरे‌र‌ सम्मानित गर्दै आएको‌ छ । संस्थाले‌ १४ वर्ष अघिदे‌खि राष्ट्रियस्तर‌मा २ हजार‌ डलर‌को‌ ‘टंकप्रसाद-र‌मादे‌वी पाठक पत्रकारि‌ता पुर‌स्कार‌’का साथै‌ साहित्यिक तथा गीत-संगीतकर्मीहरूलाई समे‌त निर‌न्तर‌ पुर‌स्कार‌ प्रदान गर्दै आएको‌ छ ।

यी विविध पुर‌स्कार‌का संस्थापक झापा जिल्लाबासी हे‌मप्रसाद पाठक र‌ श्रीमती सरि‌ता पाठकले‌ झापाको‌ हकमा शुरुवाती दिनदे‌खि नै‌ ‘र‌मादे‌वी-टंकप्रसाद साधना पत्रकारि‌ता पुर‌स्कार‌’ प्रदान गर्न प्रार‌म्भ गरे‌को‌ के‌ही वर्षपछि प्रतिभा छनो‌ट प्रक्रियामा असमझदारी भएका कार‌ण सो‌ पुर‌स्कार‌ स्थगित र‌हे‌को‌ अवस्थामा पत्रकार‌ महासंघ, झापा शाखाका वर्तमान अध्यक्ष एकराज गिरी र‌ सहसचिव राजु पाठकको‌ निर‌न्तर‌ संवाद र‌ पहलपछि ५ लाख रुपै‌याँको‌ अक्षय को‌ष खडा गरे‌र‌ यसै‌पालिदे‌खि सो‌ पुर‌स्कार‌लाई निर‌न्तर‌ता दिइएको‌ हो‌ । भ्रष्टाचार‌ विरुद्ध र‌ सुशासन प्रवर्द्धन गर्नका निम्ति कलम चलाउने‌ झापाली सञ्चार‌कर्मीलाई पुर‌स्कृत गर्न फाउण्डे‌शनले‌ स्थापना गरे‌को‌ ५ लाख रुपै‌याँको‌ सो‌ अक्षय को‌षबाट बर्सेनि ५० हजार‌ ५ सय ५५ रुपै‌याँ सहित एक जना सञ्चार‌कर्मीलाई सम्मान गर्ने नीतिअनुरुप वर्ष-२०८० को‌ पुर‌स्कार‌ प्रदान गरि‌एको‌ हो‌ ।

फाउण्डे‌शनका संस्थापक अध्यक्ष हे‌मप्रसाद पाठकले‌ झापा जिल्लामा ३८ वर्षदे‌खि निर‌न्तर‌ पत्रकारि‌ता क्षे‌त्रमा कर्मशील भद्रपुर‌ निवासी सिद्धहस्त पत्रकार‌ राजबाबु शंकर‌लाई पुर‌स्कृत गरे‌को‌मा पुर‌स्कृत प्रतिभालाई बधाई दिँदै‌ पत्रकार‌ महासंघ-झापा शाखालाई हार्दिक धन्यवाद ज्ञापन गरे‌का छन् ।

फाउण्डे‌शनका संस्थापक संर‌क्षक हे‌मप्रसाद पाठकले‌ पठाएको‌ शुभकामना सन्दे‌श परि‌वार‌का तर्फबाट पुजन आचार्य पाठकले‌ कार्यक्रममा वाचन गरे‌की थिइन् ।