आजको पञ्चाङ्ग एवम् राशिफल (२४ वैशाख २०८१ सोमबार, ६ मे २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ वैशाख २०८१ सोमबार, ६ मे २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ वैशाख २४ गते तद्अनुसार सन् २०२४ मे ६ तारिख सोमबार वैशाख कृष्ण पक्षको त्रयोदशी तिथि रेवती नक्षत्र प्रीति योग भद्रा करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२३ मा भयो र सूर्यास्त साँझ १८ः४० मा हुनेछ । किराँत समाज सुधार दिवस ।

आजको राशिफल

मेष – आजको दिन केही चुनौतीहरू देखिन सक्छन् । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिने समय छ । हातमा आएको प्रतिफल गुम्न सक्छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्ने योग छ । रसरागमा आकर्षण रहला । इष्टमित्रको सहयोगले केही काम बन्ने देखिन्छ ।

वृष – चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने समय छ । सामान्य आम्दानी भइरहला । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । यात्रामा धनमाल हराउन सक्ने योग छ, सचेत रहनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । समस्यामा आफन्तजन तपाईंको सहयोगी बन्नेछन् ।

मिथुन – प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने समय छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रोम सम्बन्धमा प्रगाढता आउने देखिन्छ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ भने व्यावसायिक यात्राको सम्भावना छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । शत्रुपक्ष परास्त होलान् । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट – भाग्यबल बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिन सकिनेछ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइने योग रहेकोले सचेत भइ व्यवहार गर्नु हितकर होला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – दौडधुप र केही जोखिम बढ्नेछ । अधिकार सुरक्षित गर्न जुट्नुपर्ने समय छ । शोख पूरा गर्नमा केही खर्च बढ्ला । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । गरी आएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । रसराग एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्ने देखिन्छ ।

कन्या – शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा-मामिलामा विजयी भइएला । प्रेमको बन्धन कसिने बेला छ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कार्यमा कीर्तिमानी सफलता दिलाउन सक्छ । प्रेमभावका साथै दाम्पत्य सुख बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।

तुला – प्रतिष्ठा कमाउने बेला छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ भने कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुन सक्छ । धेरैले तपाईंका कामको तारिफ गर्लान् । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । आरोग्यबल बढ्नेछ । शुभता वृद्धि हुनेछ । यशवर्चश्व बढ्नेछ ।

वृश्चिक – आजको दिन बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनु हितकर होला । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइने योग भएकोले विशेष सचेतनाको आवश्यकता छ । रोकिएको काम विशेष प्रयास वा मिहिनेतले बन्नेछ । आरोग्यता रहनेछ ।

धनु – व्यस्तता बढ्नेछ । आश मारेको कामले उत्साह जगाउनेछ, तर कार्यसफलताका लागि गोपनीयतामा विशेष ध्यान दिनुपर्नेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा मातापिताको सहयोग प्राप्त होला । साथीभाइको सहयोग प्राप्त भइ पराक्रम बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – दिन उत्साहपूर्ण रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । सुखद समाचार सुन्न पाइने योग छ । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदा होला । आरोग्यता र पराक्रम बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ – चुनौती बढ्ने दिन भएपनि पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुने देखिन्छ । प्रतिभाको कदर हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृद्धि भइ काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्ने समय छ ।

मीन – लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । मिठो भोजन प्राप्त होला । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ ।