आजको पञ्चाङ्ग एवम् राशिफल (२७ वैशाख २०८१ बिहीबार, ९ मे २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२७ वैशाख २०८१ बिहीबार, ९ मे २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ वैशाख २७ गते तद्अनुसार सन् २०२४ मे ९ तारिख बिहीबार वैशाख शुक्ल प्रतिपदा ७ः२४ पर द्वितीया तिथि कृतिका नक्षत्र शोभन योग बालव करण आनन्दादिमा लुम्ब योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२१ मा भयो र सूर्यास्त साँझ १८ः४२ मा हुनेछ । मत्स्येन्द्रनाथ रथारोहण ।

आजको राशिफल

मेष – व्यापार-व्यवसायमा लगानी बढाउने समय भएपनि आजको दिन प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । तथापि, परिवार तथा साथीभाइको सहयोग प्राप्त हुनेछ भने धनलाभको पनि योग रहेको छ । छ । मित्रजन एवम् परिवारजनमा आत्मीयभाव बढ्नेछ । प्रेमभाव बढ्नेछ । महत्वपूर्ण योजनामा अनुकूलता वृद्धि हुनेछ ।

वृष – समय शुभदायी छ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुने देखिन्छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । भौतिक साधनहरू जुट्नाले मन प्रशन्न रहनेछ । मिठो भोजन प्राप्ति र मान मिल्नेछ । बौद्धिक क्रियाशीलता बढ्नेछ । आफन्तको साथ-सहयोगले उत्साह बढ्नेछ ।

मिथुन – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । साझेदारीमा पनि राम्रो फाइदा होला । नोकरीमा पदोन्नति र पढाइलेखाइमा प्रगतिको योग छ । काममा स्थानान्तरण हुन सक्छ । यात्रागत कार्यमा खटिनुपर्ने सम्भावना छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कर्कट – नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । रसरागमा आकर्षण रहला । विपरीतलिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धनमा कसिनेछ तर खर्च भने बढ्नेछ, सचेत रहनुहोला । कुनै महत्वपूर्ण काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । अति आवश्यक अवस्थामा बाहेक आर्थिक कारोवार नगर्नु नै उचित हुनेछ ।

सिंह – आजको दिन कुनै बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ तर भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । हातमा आएका केही अवसर गुम्न सक्छन् । चोटपटकको योग समेत रहेकोले सवारीसाधनको प्रयोग तथा हातहतियार आदि उपयोग गर्दा विशेष सावधानी अपनाउनुहोला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने समय छ ।

कन्या – रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत खुल्ने समय छ । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । तथापि, आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ, सचेत रहनुहोला । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – प्रतिभाको उच्च मूल्यांकन हुने एवम् आँटेको काममा सफलता मिल्ने दिन छ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने योग छ । समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्ने सम्भावना रहेकोले विवेक र आँट पुऱ्याइ व्यवहार गर्नु हितकर हुनेछ । मान-सम्मानमा चोट पुग्ने सम्भावनाप्रति विशेष सचेत रहनुहोला । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।

वृश्चिक – समयमा काम पूरा नहुनाले महत्वपूर्ण अवसर गुम्न सक्छ । काममा खासै जाँगर नचलेपनि जिम्मेवारी भने बढिरहनेछन् । जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । स्थायी सम्पत्तिका विषयमा केही विवाद आउनसक्ने योग छ । अन्धविश्वासको भरमा काम गर्नाले दुःखमात्रै मिल्नेछ, ध्यान राख्नुहोला । भ्रमण भने सुखदायी बन्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

धनु – मानसम्मानसहित आम्दानी बढ्ने समय छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ । मानसम्मान प्राप्त हुने योग छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट भइ मंगलमय काम सम्पादन हुन सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ, सचेत रही कार्य गर्नु उचित होला । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ ।

मकर – आजको दिन कुनै उत्साहवर्द्धक समाचार सुन्न पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनु जरुरी छ । महत्वपूर्ण कार्यमा नियमकानूनले साथ दिनेछ । यात्रा सफल रहला ।

कुम्भ – व्यस्तता बढेपनि समय शुभदायी छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ भने कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दाम्पत्य सम्बन्ध सुमधुर रहला । विद्यार्थी वर्गका लागि सुखद समय रहेको छ ।

मीन – रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । विलासितामा खर्च बढ्न सक्छ, सचेत रहनुहोला । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ । सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।