ब्राउन सुगर बरामद गर्न गोली प्रहार

ब्राउन सुगर बरामद गर्न गोली प्रहार


१ सय १० ग्राम ब्राउन सुगर बरामद गर्न प्रहरीले बाँकेको नेपालगञ्जमा गोली चलाएको छ ।

लागुऔषध कारोबारी कोहलपुर नगरपालिका-१२ चप्पलगौडीका २६ वर्षीय सुशील परियारलाई गोली हानेर उक्त ब्राउन सुगर नियन्त्रणमा लिएको प्रहरी जनाउँछ ।

लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले परियारसँगै रहेका अर्का कारोबारी २७ वर्षीय प्रमोद कार्कीलाई पनि पक्राउ गरेको छ । घटनाको पूरै विवरण आउन बाँकी छ ।

symbolic image