ग्रामिण विकास कोइराला केन्द्रिय अध्यक्षमा निर्वाचित

ग्रामिण विकास कोइराला केन्द्रिय अध्यक्षमा निर्वाचित


देशभर शाखा सञ्जाल रहेको ग्रामिण विकास लघुवित्त वित्तिय संस्थाको केन्द्रीय अध्यक्ष पदका लागि हालै सम्पन्न निर्वाचनमा भरतराज कोइराला सर्वसम्मतिबाट चयन भएका छन् ।

विपन्न वर्गका लागि घर-घरमै पुगेर सरल रूपमा कर्जा उपलब्ध गराउने यस संस्थालाई ग्रामिण बैंकको रूपमा चिनिन्थ्यो । नेपाल सरकार अर्थमन्त्रालय, रा.बा. बैंक, नेपाल बैंकलगायत केही ठुला निजी बैंक तथा सर्वसाधारणको समेत स्वामित्व रहेको यस संस्थामा सर्वसाधारणको भोट प्राप्त गरेर सञ्चालक समितिमा प्रतिनिधित्व गर्न कोइराला पुगेका थिए ।

कर्मचारीबीच बढ्दो राजनीतिकरण र लघुवित्तविरोधि आन्दोलनको कारण संस्थाले विगत केही वर्षदेखि मुनाफा वितरण गर्न नसकेको गुनासो संस्थागत तथा सर्वसाधारण शेयरधनीहरूले गर्ने गरेका छन् ।