✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ वैशाख ३० गते तद्अनुसार सन् २०२४ मे १२ तारीख आइतबार वैशाख शुक्ल पक्षको पञ्चमी तिथि आर्द्रा नक्षत्र धृति योग बब करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१९ मा भयो र सूर्यास्त साँझ १८ः४३ मा हुनेछ । आद्यजगद्गुरु शङ्कराचार्य जयन्ती, रामानुजाचार्य जयन्ती ।
आजको राशिफल
मेष – मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत प्रप्त हुने समय छ । सहयोगीहरू जुट्नाले उत्साह जाग्नेछ । तर आफ्नो अधिकारका लागि केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा पुऱ्याउनेहरू सक्रिय हुनेछन् । प्रतिष्पर्धामा जित तपाईंकै हुने देखिन्छ । फजुल खर्च भने बढ्ने योग छ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।
वृष – आजको दिन स्वास्थ्य केही प्रतिकूल रहेको अनुभूति होला । तथापि हिम्मतले काम लिनुका साथै भइपरी आउने समस्या सुल्झाउन सकिनेछ । आश मारेको कामले उत्साह जगाउनेछ । विशेष मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुऱ्याउनु हितकर हुनेछ । शुभ समाचार प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । उत्साह बढ्नेछ ।
मिथुन – सामाजिक उत्तरदायित्व वहन गर्दै भविष्यमा फाइदा हुने प्रकारको काम हात पर्नसक्ने योग छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् भने खर्च केही बढ्ने देखिन्छ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ । आरोग्यता रहनेछ । पराक्रम वृद्धि भइ शत्रुमाथि विजय प्राप्त होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
कर्कट – कर्मबल हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने दैनिक काममा पनि राम्रै फाइदा हुने समय छ । चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । काममा सामान्य अवरोध आउन सक्छ, तर सन्तान, सहयोगीजन र मातृशक्तिको सहयोगले लाभ मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – प्रतिस्पर्धीहरूले सताउन सक्ने समय भएकोले आफ्ना योजनाहरू गोप्य राख्नुहोला । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले उत्साह जगाउला । सहयोगीहरू पछि हट्ने योग छ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नु हितकर होला । रसरागको भाव वृद्धि हुनेछ । पारिवारिक सुख शांति रहनेछ ।
कन्या – अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । सबल स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनुहोला । पढाइलेखाइमा खास समय र ध्यान दिन नसकिने योग छ । व्यावसायिक काममा पनि खासै फाइदा पुग्ने देखिन्न । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
तुला – मेहनतको फल प्राप्त हुनेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुने समय छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने योग रहेकोले विवेक पुऱ्याएर व्यवहार गर्नु उचित हुनेछ । स्थायी सम्पत्तिमा विवाद आउन सक्छ, ध्यान राख्नुहोला । कसैलाई जथाभावी वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । यशवर्चश्व बढ्ने दिन छ ।
वृश्चिक – विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । तर अरूको मात्र भर पर्नाले महत्वाकांक्षा पूर्तिमा अवरोधको अवस्था पैदा हुन सक्छ । शुभचिन्तकहरूको सुझावलाई कदर गर्नु हितकर हुनेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । आरोग्यता रहनेछ ।
धनु – प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सकछ । लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ । बोलीको भरमा महत्वपूर्ण काम सम्पादन हुने योग छ । प्रेमभाव बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर – अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । छरछिमेकमा असमझदारी बढ्ने योग भएकाले होसियारीसाथ व्यवहार गर्नुहोला । आर्थिक अभावले बन्नैलागेको काम पनि अड्किन सक्छ । धैर्य राखेर आफ्नो कर्तव्यमा लागिरहनु उचित हुनेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा निस्कनुछ भने समय फलदायी छ ।
कुम्भ – कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुनसक्ने समय छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ । पुरानो समस्या दोहोरिनाले अलिक अप्ठ्यारोमा परिएला । बौद्धिक तथा रचनात्मक कार्य बन्ने योग छ ।
मीन – व्यस्तता वृद्धि हुनेछ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । काम बिग्रने डरले सताइरहनेछ । तथापि, मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । प्रयत्न गर्दा पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिने देखिन्छ । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु हातलागी हुने योग छ ।
प्रतिक्रिया