दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ

दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ


काठमाडौं महानगरपालिका-९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

बताइएअनुसार शनिबार राति दुई समूहबीच झगडा हुँदा एक धिमालको मृत्यु भएको हो । घटनामा संलग्न रहेको अभियोगमा चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

मृतक युवाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षणका लागि राखिएको प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

symbolic image