मलामी बोकेको बलेरो दुर्घटना हुँदा १६ जना घाइते

मलामी बोकेको बलेरो दुर्घटना हुँदा १६ जना घाइते


दोलखाको मेलुङ-१ को सत्येश्वर-सिम्टे सडकखण्डअन्तर्गत मेलुङ गाउँमा मलामी बोकेको बोलेरो दुर्घटनामा परेको छ ।

दुर्घटनामा १६ जना घाइते भएका र तीमध्ये ४/५ जना प्राथमिक उपचारपछि घर फर्किएका छन् । ‘अहिले चिकित्सकले परीक्षण गर्ने काम भइरहेको छ, घाइतेको अवस्थाको पूर्ण जानकारी त्यसपछिमात्र प्राप्त हुने देखिन्छ’- दोलखा प्रहरीका डिउटी अधिकृतले घटना र विचारलाई बताए ।

बोलेरो बागमती प्रदेश ०१०२६च ९८१३ नम्बरको दुर्घटनामा परेको हो ।