आजको पञ्चाङ्ग एवम् राशिफल (३ जेठ २०८१ बिहीबार, १६ मे २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ जेठ २०८१ बिहीबार, १६ मे २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ ३ गते तद्अनुसार सन् २०२४ मे १६ तारिख बिहीबार वैशाख शुक्ल अष्टमी तिथि ७ः२२ पर नवमी तिथि मघा नक्षत्र ध्रुव योग बालव करण आनन्दादिमा मुशल योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१६ मा भयो र सूर्यास्त साँझ १८ः४५ मा हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा, श्रीपशुपतिनाथमा दमनार्पण, सीताजयन्ती ।

आजको राशिफल

मेष – दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता पनि बढ्ला । विशेष सभा-समारोहमा भाग लिने अवसर प्राप्त हुने देखिन्छ । तथापि, प्रयत्न गर्दा मौकाको फाइदा उठाउन नसकिने योग छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । आमोदप्रमोदको भाव पैदा हुनेछ ।

वृष – व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा मिल्ने दिन छ । अन्यका हकमा पनि समय राम्रै छ । रुचिका विषयमा लगानी बढाउन सकिएला । आर्थिक लाभ हुने कार्यमा उत्साहजनक फाइदा हुनेछ । इर्ष्या गर्नेहरूले काममा अवरोध गर्नसक्ने सम्भावनाप्रति सचेत रहनु उचित हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध पुग्नसक्ने समय भएपनि परिवारजनको साथले काममा उत्साह जगाउने छ । प्रेम र मित्रताको बन्धन कसिने दिन छ । दाम्पत्यजीवन सुखमय बन्ला । परोपकारमा मन जानेछ । स्वास्थ्य भने केही कमजोर भएको अनुभुति होला । आँट बढ्नेछ, शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने समय छ । काममा भएको ढिलासुस्तीले चिन्ता बढाउन सक्छ, धैर्य राख्नुहोला । अप्रिय समाचारले दुःखी बनाउन सक्ने योग छ । यात्रागत कार्य सफल हुनेछ । सुख वृद्धि होला । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आजको दिन मिश्रित फलदायी रहला । राम्रै आम्दानी हुने रोजगारीको प्रस्ताव आउन सक्छ, तर नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ । पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा पनि सोचेको फाइदा नउठ्ने योग छ । रसरागका कार्यमा आकर्षण बढ्ला ।

कन्या – समय शुभदायी छ । व्यापारमा राम्रै फाइदा हुने र आँटेका काम समयमै सम्पादन हुने देखिन्छ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त होला । मित्रजनबाट विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुने योग छ । कतै अतिथिका रूपमा सम्मान पाइएला । कार्यगति बढ्नेछ ।

तुला – दिन अलिक असहजरूपले बित्ने देखिन्छ । आज अनावश्यक भ्रमण हुन सक्छ भने स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । तर सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिनेछ । यशवर्चश्व बढ्नेछ ।

वृश्चिक – कर्मबल बढ्नेछ । प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ, तर सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । उद्योग र व्यापारमा फाइदा हुनेछ, सँगसँगै केही खर्च पनि बढ्ला । मिठो भोजन प्राप्त गर्नुहुनेछ । आजको दिन योजना र बजेट बनाइ कार्य गर्न विशेष प्रयत्न गर्नु उचित हुनेछ ।

धनु – सानातिना काम र घरेलु समस्या देखापरेपनि रोकिएका काम बन्नाले उत्साह जाग्ने समय छ । पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी भइएला । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन्, सचेत रहनु हितकर हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । चिताएको काम समयमै सम्पादन नहुन सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्य केही कमजोर भएको अनुभूति हुन सक्छ । आज मेहनतअनुसार फाइदा कमै होला । जोखिम बढ्नेछ ।

कुम्भ – मनमा कुनै कुरामा डरको भाव पैदा भएपनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ भने कामको चापबाट फुर्सद पाइएला । दाम्पत्यसुख बढ्नेछ । भ्रमणमा हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – अरूको फाइदाका लागि उपयोग भइने दिन छ । परिस्थिति आफ्ना लागि अलिक प्रतिकूल बन्ने योग छ । अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । काम पूरा नहुनाले मन खिन्न रहनेछ । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । प्रतिकुलताका बाबजुद साहस कायम रहनेछ । समस्याको समाधान मिल्नेछ ।