आजको पञ्चाङ्ग एवम् राशिफल (४ जेठ २०८१ शुक्रबार, १७ मे २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ जेठ २०८१ शुक्रबार, १७ मे २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ ४ गते तद्अनुसार सन् २०२४ मे १७ तारिख शुक्रबार वैशाख शुक्ल पक्षको नवमी तिथि ९ः४० पर दशमी तिथि पूर्वाफाल्गुणी नक्षत्र व्याघात योग तैतिल करण आनन्दादिमा सिद्धि योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१६ मा भयो र सूर्यास्त साँझ १८ः४६ मा हुनेछ ।

आजको राशिफल

मेष – लाभ हुने काम प्रारम्भ गर्ने दिन भएपनि साँझदेखि केही समस्या देखा पर्न सक्छन्, सावधान रहनुहोला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । गरिएका कामको राम्रै मूल्यांकन होला । साझेदारीमा पनि लाभ नै मिल्ने योग छ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त होला ।

वृष – व्यस्तता केही बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ कामको ढोकासमेत खुल्ने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव बढ्नेछ । तथापि, पुरानो समस्याले झमेला आइलाग्ने योग छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । खर्च पनि केही बढ्ने देखिन्छ । आत्मविश्वास र उत्साह वृद्धि होला ।

मिथुन – दौडधुप बढ्ने र होसियारीसाथ काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । तर, सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । व्यावसायिक काममा राम्रै फाइदा होला । योजनाहरू गोप्य राख्नु हितकर होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट – आजको दिन पहिलेका समस्या दोहोरिन सक्छन् । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, सचेत रही व्यवहार गर्नुहोला । पढाइलेखाइमा समय दिन नसकिएला । स्वादिष्ट भोजनमा मन रमाउनेछ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने योग छ । कर्मबल बढ्नेछ ।

सिंह – आज तपाइले सोचेको काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ तर नजिकका साथीभाइ टाढिन सक्ने योग छ । अरूको फाइदाका लागि उपयोग भइएला । तार्किकताले सम्मान दिलाउन सक्छ । सहयोगीहरूले हात झिक्नाले महत्वपूर्ण योजनामा अलिक अप्ठ्यारोमा परिनेछ । खर्च वृद्धि हुने सम्भावना छ, नियन्त्रणको प्रयास गर्नु हितकर हुनेछ ।

कन्या – नयाँ काममा हात हाल्ने समय छ । नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि एवम् चौपाया व्यवसायमा रहेकालाई विशेष लाभ मिल्नेछ । बाध्यतामा अलमलिनुपर्दा काम रोकिन सक्छ, ध्यान राख्नुहोला । आजको दिन काम बिग्रने डरले सताइरहन सक्छ । व्यस्तता बढ्नेछ ।

तुला – रचनात्मक काम सुरु गर्ने समय छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । आज धनलाभको सम्भावना छ । यात्राको पनि योग रहेको छ । आमाको माध्यमबाट काम बन्न सक्छ । आय वृद्धि होला । दिन रमाइलैसंग बित्नेछ ।

वृश्चिक – पारिवारिक भेटघाटको समय छ । आजको दिन विशेष व्यक्तित्वलाई भेट्ने मौका पनि मिल्ला । ठूलै फाइदाको आश्वासन पनि पाइनेछ । तर साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । सबल स्वास्थ्यका लागि मसलाजन्य खानाबाट विशेष सावधान रहनु उचित होला ।

धनु – आजको दिन सोचेको काम सफलतापूर्वक सम्पन्न होला । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने योग छ । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने र पढाइलेखाइमा प्रगति हुने योग छ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – काममा सोचेजस्तै सफलता मिल्ने समय छ । सहयोगीहरूले राम्रै साथ दिनेछन्, जसबाट पराक्रम र उत्साह बढ्ला । परिवारजन तथा बन्धुबान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । पारिवारिक जमघटमा मन रमाउला । तर, भेटघाटको अलमलले नोक्सान पुऱ्याउन सक्छ, सचेत रहनुहोला । प्रतिस्पर्धी परास्त होलान् ।

कुम्भ – काममा लगानीको समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । महत्वाकांक्षी योजना फलीभूत हुने योग छ । विदेश भ्रमणका लागि प्रयत्न गर्नु उचित नै हुनेछ । धन आर्जन गर्ने मौका जुर्न सक्छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न चाहे सही समय छ । दामपत्य सुख बढ्नेछ ।

मीन – आजको दिन काममा अरूले बाधा पुऱ्याए पनि शुभचिन्तकहरूले साथ दिनेछन् । मेहनतले राम्रै लाभ उठाउन सकिनेछ । व्यापारमा फाइदा हुनेछ भने काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । अध्ययनमा पछि परिने सम्भावना छ । रसविलासमा मन आकर्षित होला ।