सशस्त्र प्रहरी प्रवक्तामा डिआइजी कुमार न्यौपाने

सशस्त्र प्रहरी प्रवक्तामा डिआइजी कुमार न्यौपाने


सशस्त्र प्रहरीको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेलाई तोकिएको छ ।

यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल, नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकमा सरुवा भएपछि सशस्त्रका डिआइजी न्यौपानेलाई सो जिम्मेवारी दिएको हो ।

डिआइजी न्यौपाने यसअघि सशस्त्र प्रहरी बलको ७ नम्बर बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीमा बाहिनीपती थिए । उनलाई मोबाइल नम्बर ९८५१२७२००७ र ईमेल [email protected]मा सम्पर्क गर्न सकिने सशस्त्र मुख्यालयले जनाएको छ ।