आजको पञ्चाङ्ग एवम् राशिफल (६ जेठ २०८१ आइतबार, १९ मे २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ जेठ २०८१ आइतबार, १९ मे २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४६ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ ६ गते तद्अनुसार सन् २०२४ मे १९ आइतबार वैशाख शुक्ल पक्षको एकादशी तिथि हस्ता नक्षत्र बज्र योग बब करण आनन्दादिमा मानस योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१५ मा भयो र सूर्यास्त साँझ १८ः४७ मा हुनेछ । मोहिनी एकादशी व्रत ।

आजको राशिफल

मेष – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । कृषि तथा पशुपालन व्यवसायमा लाभको योग छ । सन्तानको बारेमा केही चिन्ता बढ्न सक्छ । प्रतिस्पर्धीलाई कमजोर ठान्दा हानी हुन सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्यगत समस्याले केही सताउने देखिन्छ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

वृष – रुचिका विषयमा लगानी बढाउने समय छ । अप्ठ्यारो काम पनि बन्नेछ । तर, समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ, सचेत रही कार्य गर्नुहोला । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । रमाइला ठाउँको भ्रमण गर्ने अवसर प्राप्त होला । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । सन्तानसुख र प्रेमभाव बढ्नेछ । परिवारिक सुख रहला ।

मिथुन – शुभचिन्तकहरूले साथ दिने र विभिन्न अवसर पाइने समय छ । तर, आफ्नै कमजोरीले चिताएको काममा व्यवधान आउने सम्भावना रहेकोले सावधानीका साथ कार्य गर्नु हितकर हुनेछ । आम्दानी तथा आयआर्जनका स्रोतसमेत बढ्ने देखिन्छ । व्यापारमा राम्रै फाइदा हुनेछ । विद्यार्जनमा भने कमजोरी र लेनदेनमा विवाद होला । लेनदेनसम्बन्धी विगतका समस्या बल्झिन सक्छन् । व्यस्तता वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आँटेका काम तत्काल सम्पादन हुने दिन छ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त होला । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ । कतै अतिथिका रूपमा सम्मान समेत पाइएला । हातमा आएको अवसर गुम्ने सम्भावना छ, सचेत रहनुहोला । सहयोगी वा हितैषीले तपाईंका कमी-कमजोरीप्रति टिप्पणीे गर्न सक्छन् । तर, इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

सिंह – मेहनतले धेरैको विश्वास जित्न सकिने समय छ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्ला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने भएकोले आज सानातिना काममा महत्वपूर्ण समय बित्न पनि सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ, ध्यान राख्नुहोला । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्न सक्ने समय छ । मेहनतअनुसार फाइदा कमै होला । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । आरोग्यता रहनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । समस्याकको समाधान मिल्नेछ ।

तुला – आजको दिन सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ । आज नसोचेको ठाउँबाट धनको लाभ हुने देखिन्छ । साथै ब्यापार ब्यवसायमा पनि राम्रै लाभ हुने देखिन्छ । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुर्ला । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – कामको चापबाट फुर्सद पाइने समय भएपनि बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ । विचारलाई तौलेर व्यक्त गर्नु बुद्धिमानी हुनेछ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला । रमाइलो यात्रा गर्ने अवसर जुट्ने योग छ । आजको दिन योजना र बजेट बनाएरमात्र कार्य गर्नु बेस होला ।

धनु – प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । टाढिएका आफन्तहरू नजिकिन सक्छन् । स्वास्थ्यका लागि मसलाजन्य खानबाट आज एकदमै सावधान रहनु उचित होला । भौतिक साधनको क्षतिले रुपैयाँपैसाको हानी हुने देखिन्छ । अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने समय छ ।

मकर – सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्ने दिन छ । प्रतिस्पर्धी परास्त होलान् । तर, परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा पुग्नेछ । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने योग छ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ, ध्यान राख्नुहोला । धर्मकर्ममा आकर्षण बढ्नेछ ।

कुम्भ – पराक्रम र उत्साह बढ्नेछ । धन आर्जन गर्ने मौका मिल्ला । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ । आजको दिन सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउनु हितकर होला । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – आजको दिन सोचेको काममा सफलता प्राप्त हुने देखिन्छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । व्यावसायिक काममा खर्च बढ्नेछ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । प्रयत्न गर्दा सफलता हात लाग्ला । द्रब्य प्राप्तिको योग रहेको छ । प्रेमभाव बढ्नेछ भने रसरागमा आकर्षण बढ्नेछ ।