आजको पञ्चाङ्ग एवम् राशिफल (८ जेठ २०८१ मंगलबार, २१ मे २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ जेठ २०८१ मंगलबार, २१ मे २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ ८ गते तद्अनुसार सन् २०२४ मे २१ तारिख मंगलबार वैशाख शुक्ल पक्षको त्रयोदशी तिथि स्वाती नक्षत्र वरियान योग गर करण पर भद्रा करण आनन्दादिमा मुद्गर योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१४ मा भयो र सूर्यास्त साँझ १८ः४८ मा हुनेछ । नृसिंहजयन्ती ।

✍ आजको राशिफल

मेष – रोकिएका काम बनी नयाँ काम सुरु हुने दिन छ । व्यापारमा फाइदा होला । सामाजिक प्रतिष्ठा पाइनेछ भने शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने योग छ । उच्च महत्वाकांक्षामा समयले साथ दिनाले सोचेको काम पूर्णरुपमा सम्पादन हुनसक्ने देखिन्छ । सन्तान पक्षबाट सुख बढ्नेछ ।

वृष – भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छने समय छ, सावधान रहनुहोला । आर्थिक अभावले सताउन सक्छ । तथापि, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । राजनीतिक पहुँच बढ्ने योग छ । प्रेमभावका साथै साहस वृद्धि हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – आम्दानी बढ्नाले उत्साह थपिने समय छ, तर आजको दिन आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ, सचेत रही कार्य गर्नुहोला । काममा आफन्तको सहयोग जुट्नेछ । स्वास्थ्य चाहिँ केही कमजोर भएको अनुभूति हुनेछ । मान–सम्मानमा चोट पुग्ने सम्भावना रहेकोले सावधानीको जरुरत छ । आज तपाइलाई विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ, ध्यान राख्नुहोला । बौद्धिकता र रचनात्मकताको पक्ष सवल छ ।

कर्कट – आजको दिन सुखद समाचारले काममा उत्साह जगाउने देखिन्छ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिएला । आत्मीयजनसँग भेटघाट हुने योग छ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्ला । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ । ब्यस्तता बढ्नेछ । रसराग, खेलकुद र भ्रमणमा आकर्षण रहला ।

सिंह – पराक्रम र आरोग्यता बढ्नेछ । रसरागको कार्यक्रममा आकर्षण बढ्ने समय छ । प्रेम र मित्रताको बन्धन कसिएला । व्यापार–व्यवसायमा राम्रै फाइदा होला । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त हुनेछ । भूमि वा कृषिकार्यबाट पनि राम्रै फाइदा मिल्नेछ । मित्रजन एवम् बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । विपरीतलिंगी मित्रको माध्यमबाट बढी लाभ हुने योग छ । कलात्मक काममा ज्यादा सफलता मिल्ने दिन छ ।

कन्या – आजको दिन केही चुनौतीयुक्त हुने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । विशेष काममा ढिलासुस्ती हुने तथा अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । अभिभावकको स्वास्थ्यस्थितिप्रति पनि चिन्ता बढ्न सक्छ । आजको दिन चोरी वा ठगीमा पर्नबाट जोगिने विशेष प्रयत्न गर्नुहोला ।

तुला – लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल मिल्ने समय छ । जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग रहेकोले विशेष ख्याल राख्नु उचित हुनेछ । दिदिबहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला । आरोग्यबलका सार्थ वर्चश्व बढ्नेछ ।

वृश्चिक – लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । कुनै नयाँ काम प्रारम्भ हुन सक्छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने अवसर जुर्ला । राजनीतिक पहुँच बढ्नेछ भने आर्थिक समस्या पनि समाधान हुनेछ । शत्रुपक्ष परास्त हुनेछ । परिवारजनमा भने सामान्य असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्ने योग छ । बौद्धिक क्षमता सबल रहला ।

धनु – समय शुभदायी छ । पठनपाठनमा राम्रो उन्नति हुनेछ भने सन्तानले पनि प्रसन्नता दिलाउनेछन् । विभिन्न अवसरले पछ्याउनेछन् । मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ । आजको दिन सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । आयबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मकर – कर्मबल बढ्नेछ । आजको दिन घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ । तर प्रतिष्ठित व्यक्तिसँग मित्रता बढ्नेछ । स्वास्थ्यमा सामान्य समस्या पनि आउन सक्छ । घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ ।

कुम्भ – भाग्यबल बढ्नेछ । पारिवारिक सम्बन्धमा केही चिसोपन आएपनि आर्थिक समस्या समाधान हुने समय छ । आफन्तबाट टाढिनुपर्ला । घरखर्च बढ्नुका साथै व्यापारमा मन्दी आउने देखिन्छ । लामो समयदेखि रोकिएका काम भने सम्पादन गर्न सकिने देखिन्छ । कमी-कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्न सक्छन् ।

मीन – दौडधुप केही बढेपनि मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने समय छ । पराक्रम बढ्नेछ भने राम्रैसँग धनलाभ पनि हुन सक्छ । स्वास्थ्य सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्ला । कीर्तिमानी काम सम्पादन गर्न सकिने योग छ । आफन्तजनको साथ मिल्नेछ । मिठो भोजन प्राप्त होला ।