शाखा अधिकृत मैनालीको हत्यारा गिरी १६ वर्षपछि पक्राउ

शाखा अधिकृत मैनालीको हत्यारा गिरी १६ वर्षपछि पक्राउ


जिल्ला प्रशासन कार्यालय पर्साका शाखा अधिकृत मोहनप्रसाद मैनालीको हत्यामा संलग्न रहेका ७२ वर्षीय प्रेम गिरीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पर्साको साविक महुवन-४ र हाल सखुवा प्रसौनी-७ महुवन बलुवाका गिरीलाई उनकै घरबाट पक्राउ गरिएको हो ।

सोह्र वर्षअघि २०६५ असोज २२ गते गिरीले तत्कालिक शाखा अधिकृत ५२ वर्षीय मैनालीलाई गोली हानी हत्या गरेका थिए ।

उनले २०५७ भदौ १२ गते पर्साका विन्दवासिनी-४ का ३० वर्षीय देवेन्द्रप्रसाद यादवको घरमा डकैती गर्ने क्रममा गोली हान्दा यादवको पनि मृत्यु भएको थियो । यस्तै उनमाथि आधा दर्जनबढी हातहतियार खरखजना, सार्वजनिक अपराधसमेतका मुद्धा छन् ।