आजको पञ्चाङ्ग एवम् राशिफल (१० जेठ २०८१ बिहीबार, २३ मे २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० जेठ २०८१ बिहीबार, २३ मे २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ १० गते तद्अनुसार सन् २०२४ मे २३ तारिख बिहीबार वैशाख शुक्ल पूर्णिमा तिथि विशाखा नक्षत्र ९ः१५ पर अनुराधा नक्षत्र परिघ योग भद्रा करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१३ मा भयो र सूर्यास्त साँझ १८ः४९ मा हुनेछ । पूर्णिमा व्रत, कूर्म जयन्ती, गौतमबुद्ध जयन्ती, चण्डी पूर्णिमा गोरखनाथ जयन्ती, उभौलीपर्व, श्री बाघभैरव पर्व ।

आजको राशिफल

मेष – दौडधुप बढेपनि बौद्धिक अभिव्यक्तिले महत्वपूर्ण अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । मिठो भोजन प्राप्ति र यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । अनुकूलता वृद्धि भइ उत्साह बढ्ला ।

वृष – भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिएला । आयआर्जनका स्रोत बढ्नेछन् । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । साझेदारीको काम बन्नेछ भने पारिवारिक समस्याको समाधान मिल्नेछ । साहस बढ्नेछ । आज केही खर्च बढ्न सक्छ ।

मिथुन – काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य मात्र फाइदा हुने देखिन्छ । तथापि, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिएला । शत्रुलाई जीत्ने सामर्थ्य बढ्नेछ ।

कर्कट – आजको दिन जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्ला । व्यापारमा विशेष फाइदा उठाउन सकिने समय छ । अध्ययनमा प्रगति हुनेछ भने पहिलेका कमजोरीलाई सुधार्ने मौका मिल्ला । तर विवादमा परिने योग रहेकोले बोली र व्यवहारमा सचेत रहनुहोला । सन्तानसुख र प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण रहनेछ ।

सिंह – व्यस्तता बढेपनि आज महत्वपूर्ण कार्यमा सफलता मिल्ने देखिन्छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । आरोग्यपन बढ्नेछ । रसरागको भाव वृद्धि होला । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ । तथापि, आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने योग छ । समस्यामा आफन्त एवम् मित्रजनको साथ प्राप्त हुनेछ ।

तुला – आजको दिन कामले धेरैको मन लोभ्याउन सकिनेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ होला । स्वास्थ्य भने केही कमजोर रहनाले जाँगरमा कमी आउन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । नियमित कार्य व्यवहारमा सफलता प्राप्त होला ।

वृश्चिक – प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिने समय छ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । कीर्तिमानी काम सम्पादन होला । वित्तादि लाभ हुने देखिन्छ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । आरोग्यता रहला ।

धनु – पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति होला । आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । मनोरञ्जनपूर्ण समय छ । कृषिकर्म र व्यावसायिक काममा फाइदै होला । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुने योग छ । मिठो भोजन प्राप्त होला ।

मकर – बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त होला । आफन्तबाट टाढिनुपर्ने समय छ । आयआर्जन राम्रै होला । यात्रागत कार्यमा सरिक हुनुपर्ने देखिन्छ, तर अनावश्यक यात्राबाट जोगिनु हितकर होला । आयबल बढ्नेछ । शत्रुपक्ष परास्त हुने योग छ ।

कुम्भ – पारिवारिक सहयोग प्राप्त भएपनि दोधारको अवस्था सिर्जना हुनसक्ने समय छ । स्वास्थ्यसम्बन्धी पुरानो समस्याले पनि सताउन सक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । कर्मबल बढ्नेछ भने रचनात्मक कार्य बन्नेछ ।

मीन – नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि भेटिनेछन् । धन आर्जन हुने समय छ । आजको लाभांश सञ्चय हुन भने नसक्ने देखिन्छ । सरसापट तथा दानचन्दामा खर्च हुने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, सचेत रही व्यवहार गर्नुहोला । धर्मकर्ममा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।