जबर्जस्ती करणी गर्ने रोमानियाबाट पक्राउ

जबर्जस्ती करणी गर्ने रोमानियाबाट पक्राउ


जबर्जस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी रामेछाप खाँडादेवी गाउँपालिका-९ बस्ने २४ वर्षीय गौरव नेपाली पक्राउ परेका छन् । NCB Bucharest, Romania को समन्वयमा रोमानियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ ।

गौरव संलग्न भएको जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप मन्थलीबाट अनुरोध भएपश्चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ अप्रिल २४ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौंमा बुझाइएको छ ।

चोरीका मोटरसाइकलसहित पाँच जना पक्राउ

झापामा चोरीका मोटरसाइकलसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका–४ बस्नेहरू १९ वर्षीय प्रियङक कडेल, १९ वर्षीय कृष्ण घिमिरे, १९ वर्षीय नबिन बस्नेत तथा १९ वर्षीय दिपक भुजेल र सोही नगरपालिका–३ बस्ने १९ वर्षीय सम्रिक चुडाल रहेका छन् ।

पाँचथर जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकलहरू चोरी गरी झापाको सुरुङ्गा एरियामा चलाई रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई चोरी भएको प्रदेश ३–०२–००९प ५२२१ नम्बर र मे९प ६४६१ नम्बरका २ थान मोटरसाइकलसहित पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको छ ।