जिप दुर्घटना : ११ विद्यार्थी घाइते

जिप दुर्घटना : ११ विद्यार्थी घाइते


बाजुरादेखि विद्यार्थी घुमाउन राराताल गएको जिप मुगमा दुर्घटना हुँदा ११ विद्यार्थी घाइते भएका छन् ।

मुगुको खत्याड गाउँपालिका-२, शेरीजाममा ग१ज ८२४९ नम्बरको जीप दुर्घटना भएको हो ।

घाइते विद्यार्थीलाई उपचारका लागि रातापानी प्राथमिक स्वास्थ चौकी पुऱ्याइएको छ । जनप्रकाश माध्यमिक विद्यालयका विद्यार्थी शैक्षिक भ्रमणका लागि रारातर्फ गएका हुन् । दुर्घटनामा परेका सबै विद्यार्थी खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।