आजको पञ्चाङ्ग एवम् राशिफल (११ जेठ २०८१ शुक्रबार, २४ मे २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (११ जेठ २०८१ शुक्रबार, २४ मे २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ ११ गते तद्अनुसार सन् २०२४ मे २४ तारिख शुक्रबार ज्येष्ठ कृष्ण प्रतिपदा तिथि अनुराधा नक्षत्र शिव योग बालव करण आनन्दादिमा राक्षस योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१३ मा भयो र सूर्यास्त साँझ १८ः५० मा हुनेछ ।

आजको राशिफल

मेष – आज धैर्यधारण गरी परिश्रम गर्ने दिन रहेको छ । भाग्योदय होला । व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् भने नसोचेको ठाउँबाट केही लाभ होला । अरुले गरेको कामको मुल्याङ्कन गर्नुपर्ने दायित्व आइपर्ने देखिन्छ । प्रशंसकहरू बढ्नेछन् । पारिवारिक सुख मिल्ने छ । जोखिम बढेपनि कठोर मिहिनेतले काम बन्ने समय छ ।

वृष – अधुरा काम सम्पन्न हुने दिन रहेछ । आर्थिक लाभ पनि होला । पैतृक सम्पतीबाट लाभ मिल्नुका साथै धर्मिक कार्यमा संलग्न हुने समय छ । रमाइलो तरिकाले कामहरू सम्पन्न होलान् । कतैबाट आर्थिक लाभ हुने समय छ । कार्य–व्यवहारमा विशेष सचेतनाको आवश्यकता पर्नेछ । साझेदारीको काम बन्नेछ । बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्ला ।

मिथुन – दिन केही चुनौतीयुक्त रहने देखिन्छ । सहयोगको आशा देखाउनेहरूबाट उल्टै धोका पाइएला, सतर्क रहनुहोला । आजको दिन अरुको भर नपरेकै राम्रो । केही विवादमा परिने योग छ, सावधान रहनुहोला । शरिरीक तथा मानसिक आलस्यता बढ्न सक्छ । खर्च गर्दा होस पु¥याउनुहोला । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनु हितकर हुनेछ । आँट पराक्रम बढ्नेछ, शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट – परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने समय छ । जगिरका क्रममा समस्या आउन सक्छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन नदेलान् । परिवारजनसँग पनि असमझदारीको अवस्था पैदा हुन सक्छ । मान्यजनको सुझाव अप्रिय लाग्न सक्ने ग्रहयोग छ । सन्तानसुख भने बढ्नेछ । रसरागमा आकर्षण रहनेछ ।

सिंह – दिन मनोरञ्जनपूर्ण रहनेछ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ भने बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । व्यापार–व्यवसायमा लाभ मिल्नेछ, तर यात्रागत कार्यमा भने विशेष सतर्कताको दरकार छ । कतै आतिथ्यपूर्ण सम्मान मिल्नसक्छ । नयाँ काम मिल्ने योग छ । व्यस्तता बढ्ने समय छ ।

कन्या – दिगो फाइदा हुने काम सुरु हुनसक्ने समय छ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू फलदायी रहनेछन् । मनमा सद्विचारको भाव पैदा हुनेछ भने त्यसै-त्यसै उत्साह बढ्नेछ । मान-सम्मान प्राप्तिको योग छ । पारिवारिक समस्या पनि समाधान हुने देखिन्छ । विरोधिले पनि प्रशंसा गर्न थाल्नेछन् । कुनै नयाँ योजना कार्यान्वयनको तयारीमा हुनुहुन्छ भने उचित समय छ । पराक्रम वृद्धि हुनेछ ।

तुला – आजको दिन खास उत्साहवर्द्धक नरहने देखिन्छ । स्वास्थ्य केही कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुनसक्छ । इच्छाबेगरको कार्यमा लागिपर्नु पर्ला । नयाँ कामको थालनी पनि आजको दिन नगरेकै बेस हुनेछ । आफूले नबुझेको विषयमा नबोल्नु हितकर हुनेछ । विवादबाट बच्ने प्रयत्न गर्नुहोला । खर्च नियन्त्रणको लागि विशेष प्रयत्न गर्नुपर्नेछ ।

वृश्चिक – उत्साहजनक समय छ । मनमा जोश, जाँगर, उत्साह-उमंग देखापर्ला । ठुला मान्छेको सल्लाहअनुसार चल्नु उचित हुनेछ । साथ-समर्थन दिनेहरू प्रशस्त पाइएलान् । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ भने प्रेमको प्रसंग पनि सुखद रहला । धनलाभको योग छ । आरोग्यता रहनेछ । समग्रमा दिन सुखदायी रहनेछ ।

धनु – चाहेको कार्य कठिन भएपनि प्रयत्न गर्दा सार्थक हुने समय छ । प्रयासलाई जारी राख्नु उचित होला । आर्थिक क्षेत्रमा उन्नति हुनेछ भने परिवारमा पनि खुशीको माहोल छाउला । गर्दैआएको कामबाट फाइदा हुने समय आएको देखिन्छ । धन कमाउने योग छ । जागिरमा रहेकालाई केही चुनौती देखिएला, तर समस्याको समाधान मिल्नेछ । यात्रागत कार्यमा जुट्नुपर्ने सम्भावना छ । मिठो भोजन प्राप्त हुनेछ । खर्च केही बढ्ने देखिन्छ ।

मकर – व्यावसायिक काममा केही समस्या आउन सक्ने दिन छ, तर अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । स्वास्थमा सुधार आउनेछ भने पढाइलेखाइमा मन लाग्नेछ । महत्वपूर्ण विषयमा सही निर्णय लिन सकिनेछ । सवारी साधन उपयोग गर्दा अलिक सावधानी अपनाउनुपर्ने समय छ । महत्वपूर्ण कामहरू बिस्तारै बन्न थाल्नेछन् । आयबल बढ्नेछ ।

कुम्भ – कर्मबल बढ्नेछ तर खर्च केही बढ्ने र सोचेअनुसार काम बन्न कठिन हुने समय छ । मीठो खानाको आनन्द मिल्नेछ, तर खर्च भने वृद्धि हुने देखिन्छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । भौतिक साधनको खरबीले कार्यमा बिघ्नबाधा खडा गर्न सक्छ । सामर्थ्य वृद्धि हुनेछ तर मिहिनेतअनुसार परिणाम प्राप्त नहुनाले मन खिन्न रहला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – दिन उत्साहजनक छ । नोकरीमा आफनो बर्चस्व बढाउन सकिनेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । अध्ययन–अध्यापनमा समय दिन नसकिए पनि मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । आजको दिन प्रयास गरेका व्यवसायिक काममा लाभ मिल्ने योग छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।