जीवन-यथार्थ

जीवन-यथार्थ


आकाशमा देख्छु मैले बादलुको घेरो
सारा संसार देखेजति लाग्छ सबै मेरो
खाली आयौँ पृथ्वीमा, जान्छौँ खाली हात
थाहा छैन किन गर्छौं यो तेरो र मेरो !

■ ■

समय बित्नुभन्दा पहिल्यै
एक-एक पल जिउने प्रयासमा छु
आजभोलि म !
किनभने,
फर्किएर सम्झनाहरु मात्र आउँछन्
तर यो समय भने पक्कै आउँदैन !

  • गान्तोक, सिक्किम