आजको पञ्चाङ्ग एवम् राशिफल (१२ जेठ २०८१ शनिबार, २५ मे २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ जेठ २०८१ शनिबार, २५ मे २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ १२ गते तद्अनुसार सन् २०२४ मे २५ तारिख शनिबार ज्येष्ठ कृष्ण द्वितीया तिथि ज्येष्ठा नक्षत्र १०ः५३ पर मूल नक्षत्र सिद्धि योग तैतिल करण आनन्दादिमा मूशल योग चन्द्रमा वृश्चिक राशिमा १०ः५३ बजेसम्म त्यसपछि धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१२ मा भयो र सूर्यास्त साँझ १८ः५० मा हुनेछ ।

आजको राशिफल

मेष – बन्न लागेको काम अचानक बिग्रन सक्ने योग भएकोले आजको दिन विशेष योजना गोप्य राख्नुहोला । घरेलु समस्याले सताउने र नियमित कार्यमा समेत अवरोध हुन सक्छ । अर्काको काममा समय बित्न सक्छ । चुनौतीका बाबजुद आत्मविश्वास चाहिँ बढ्ने योग छ । रोकिएको काम अघि बढ्ला । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

वृष – शुभदायी दिन छ । सामान्य प्रयास या परिश्रमबाट पनि अरुको विश्वास जित्न सकिनेछ । अधुरा काम बनी मन हर्षित हुने समय छ । आम्दानी राम्रै हिसाबले बढ्नेछ भने नयाँ योजनाहरु पनि बन्न सक्नेछन् । पठनपाठनमा प्रगति होला । धनलाभ हुने र सामाजिक प्रतिष्ठा बढ्ने योग छ । आँट र आनन्द वृद्धि हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । उत्साह बढ्नेछ ।

मिथुन – आजको दिन कामहरु सजिलै बन्नेछन् । भौतिक साधन जुट्ने र नउठ्ने रकम उठ्ने समय छ । जाँगर बढेर मन प्रफुल्ल रहला । प्रेम प्रसङ्गमा सफलता मिल्नेछ । फलदायी यात्रा होला । रसरागको भाव वृद्धि हुनेछ । साझेदारीको काम बन्नेछ । शत्रु परास्त हुनेछ । पराक्रम बढ्नेछ ।

कर्कट – आजको दिन केही चुनौतीयुक्त रहला । जोखिममा नपर्नु बेस हुनेछ । छरछिमेकमा विवाद या झगडा हुनसक्ने योग छ, सावधान रहनु हितकर होला । इर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने गलत विचार बढ्ने देखिन्छ । समयमा निर्णय नहुँदा काममा अवरोध आउन सक्छ । आलस्यता छाउने समय छ । प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह – आज शरीरमा खासै जाँगर पैदा नभएपनि व्यापारमा सफलताले मन रमाउने दिन छ । जागिरमा हुनेलाई आलश्यले सताउनेछ । नयाँ काममा समयमात्र बित्नेछ र पनि धनलाभ हुने योग छ । सामाजिक कार्यमा मान सम्मान मिल्नेछ । विशेष सभा-समारोहमा सहभागी बन्ने अवसर जुर्ला । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख मिल्ने समय छ ।

कन्या – व्यस्तता वृद्धि हुनेछ तर, बोलीकै भरमा महत्वपूर्ण काम सहज हुने समय छ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ भने ठूला व्यक्तिको आशा र भरोसा तपाईंप्रति रहनेछ । दिन मनोरञ्जनपूर्ण रहने देखिन्छ । धार्मिक काममा मन जाला । हरेका कार्यका लागि उत्साहजनक दिन छ । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ । पराक्रम र धन बढ्ला ।

तुला – केही खर्च लागे पनि सोचेको काम बन्ने दिन छ । तर, सन्तान पक्षबाट भने खोजेजस्तो सहयोग मिल्ने देखिन्न । व्यावसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जाला । मित्रजनको साथ-सहयोग रहनेछ । पराक्रम र आरोग्यबल बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक – परिश्रमले आफ्नो लक्ष्य पूरा गर्न सकिनेछ, तर स्वास्थ्यप्रति विशेष सजग रहनुपर्ने समय छ । उपचारमा खर्च हुने योग छ, अन्य खर्च पनि कम गर्न विशेष मिहेनत गर्नु उचित हुनेछ । नोकरी र राजनीतिमा केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ने देखिन्छ । सामर्थ्य वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । शत्रुलाई जित्ने क्षमता कायम रहला ।

धनु – आय वृद्धि हुने समय छ । नयाँ कामको अवसर मिल्ला । विभिन्न अवसरले पछ्याउनेछन् भने स्वास्थ्यस्थिति पनि राम्रो रहला । कामको जाँगर बढ्नेछ । मिष्ठान्न भोजन जुर्नेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – आँटे-गरेका काम सम्पन्न भइ धनलाभ हुने समय छ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्ला । कमाइ बढ्नाले सुख वृद्धि हुनेछ । विगतको श्रमबाट पनि धनलाभ हुनेछ । नियमकानूनले साथ दिनले दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – भाग्योदयको समय छ । गरेका कामबाट राम्रै लाभ मिल्नेछ भने यात्राको लागि एकदम राम्रो दिन छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । साथीभाइसँग भेटघाट होला । रोकिएका कामहरू बन्नेछन् । धनलाभको योग छ । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

मीन – समय त्यति राम्रो छैन, गलत विचार बढ्नाले समयमा सही निर्णय गर्न नसकिएला । सोचेअनुसार काम बन्न कठिन छ । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । ब्यापार ब्यवसायमा घाटा ब्यहोर्नुपर्ने सम्भावना भएकोले विशेष सावधान रहनु हितकर होला । प्रतिकुलतामा पनि आफन्तको साथ मिल्नेछ ।