आजको पञ्चाङ्ग एवम् राशिफल (१३ जेठ २०८१ आइतबार, २६ मे २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१३ जेठ २०८१ आइतबार, २६ मे २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ १३ गते तद्अनुसार सन् २०२४ मे २६ तारिख आइतबार ज्येष्ठ कृष्ण तृतिया तिथि १०ः५३ पर मूल नक्षत्र साध्य योग वणिज करण चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५२ मा हुनेछ ।

आजको राशिफल

मेष – समय केही चुनौतीयुक्त छ । काममा मन नजाला । मित्रजन पनि टाढिएको अनुभूति होला । प्रतिस्पर्धामा कमजोर सावित भइएला । चिताएको काम पूरा गर्न बाधा उत्पन्न हुन सक्छ । विशेष कार्य गर्दै हुनुहुन्छ भने अत्यन्त सावधानी अपनाउनुपर्नेछ, अन्यथा ठूलै नोक्सानी पर्न सक्ने योग छ । आजको दिन यातायातका साधनबाट पनि जोगिने विशेष प्रयत्न गर्नु हितकर हुनेछ ।

वृष – पारिवारिक समस्या केही बढ्ने समय भएपनि आजको दिन आयआर्जनको दृष्टिले सन्तोषजनक रहला । नसोचेको ठाउँबाट आम्दानी हुने देखिन्छ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । काममा सहयोगीहरूले साथ दिनेछन् । रसरागाको भाव जागृत हुनेछ । विपरीतलिंगी मित्रको सहयोग रहने योग छ ।

मिथुन – आजको दिन उत्साहजनक रहने देखिन्छ । काममा जोश जाँगर आउनाले मन प्रफुल्ल रहला । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदाको समय छ । सेयरलगायतका कारोबारमा आर्थिक लाभ हुन सक्छ । मनोरञ्जनात्मक ढंगले काम बन्नाले मन प्रफुल्ल रहला । पुराना मित्रजनहरूसँग भेटघाट र मनोरञ्जन हुन सक्छ ।

कर्कट – आजको दिन एक थोक सोचेर कर्म गर्दा अर्कै प्रकारको परिणाम आउन सक्छ । वादविवादमा पर्न सकिने सम्भावना रहेकोले बोली र व्यवहारमा विशेष सचेतना अपनाउनुहोला । खर्च केही बढ्ने र अनायसै रुपैयाँपैसाको क्षति हुनसक्ने योग छ । आफ्नै कमजोरीले विवादमा परिएला । परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन्, सजगतापूर्वक व्यवहार गरे समस्या निम्तनुबाट बच्न सकिनेछ ।

सिंह – व्यापार-व्यवसायमा सफलता मिलेपनि नोकरीमा झमेलाको सामना गनुपर्ने समयछ छ, सावधानी अपनाइ कार्य गर्नुहोला । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्ने योग छ, मानसम्मान पनि पाइएला । बोली र व्यवीक्रत्वको प्रभावले धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने दिन छ ।

कन्या – दिन शुभदायी छ । सोचेको काम बन्नाले मन हर्षित होला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । आफन्त तथा मित्रहरूसँग भेटघाट र मनोरञ्जनको समय छ । मान-सम्मान वृद्धि होला । सुखको अनुभूति हुनेछ भने सन्तान पक्षबाट पनि सुखको समाचार सुन्न पाइएला ।

तुला – दिन सामान्यतया ठिकै छ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू फलदायी रहनेछन् । आज कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढेको अनुभूति रहला । रचनात्मक कार्यमा सफल रहनुहुनेछ । पारिवारिक सुख वृद्धि होला । कुनै नयाँ कामको स्रोत फेला पर्ने योग छ । जागिरमा भने सानो भुलले पनि समस्या देखापर्न सक्छ, सचेत रही काम गर्नुहोला ।

वृश्चिक – सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने समय छ । सोच्दैनसोचेको ठाउँमा धन खर्च हुन सक्छ । आजको दिन सबल स्वास्थ्यका लागि खानपानमा विशेष सजगता अपनाउनु हितकर हुनेछ । भौतिक साधनको क्षति हुने सम्भावना रहेकोले यसतर्फ पनि सावधानीको दरकार छ । सानो समस्याले पनि ठुलै रूप लिनसक्ने प्रकारकोयोग छ, संयमता अपनाउनु हर दृष्टिले उचित हुनेछ ।

धनु – दैनिक कामकाज सजिलै सम्पन्न हुने तथा रोकिएका कामहरु बन्ने दिन छ । काममा सहयोगी साथीभाइहरुले राम्रो साथ दिनेछन् । कृषिसम्बन्धी कार्यबाट राम्रो लाभ लिन सकिने समय छ । कतै नयाँ जिम्मेवारी मिल्न सक्छ । विचारले धेरैलाई आकर्षण गर्ने सकिएला । ब्यापार ब्यावसायबाट पनि लाभ लिन सकिनेछ ।

मकर – काममा मन जाने, जाँगर बढ्ने समय छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीजनको कमी हुनेछैन । ब्यापार ब्यावसायबाट पनि राम्रै फाइदा हुने देखिन्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने योग छ । धनलाभले उत्साह जगाउला । दिन रमाइलोसँग बित्ने देखिन्छ ।

कुम्भ – बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने समय छ । टाढाको यात्राबाट धनप्राप्त होला । मित्र एवम् आफन्तजनबाट सहयोग प्राप्त हुनेछ । नयाँ कामको अवसर आए पनि विचार गरेरमात्र शुरु गर्नु उचित हुनेछ । फलदायी यात्राको सम्भावना छ ।

मीन – दिन खासै उत्साहजनक नरहने देखिन्छ । भौतिक साधनको क्षतिले गर्दा खर्च हुन सक्छ । शरिरमा आलश्यपनले घर गर्ला । स्वास्थ्यगत कमजोरीले सताउने योग छ । घर-घरायसी समस्याले पीडा दिन सक्छ । आजको दिन संयमताका साथ बिताउने प्रयत्न गर्नु उचित हुनेछ ।