ग्लोबल आइएमईका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमईका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट


ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्डबाहक ग्राहकलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा खरिद १५ प्रतिशतसम्म छुट पाउनेछन् । यो योजना जेठ १३ गतेदेखि ३ महिनासम्म संचालनमा रहने जनाइएको छ ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत वा रु. ५०० सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा रु. ७५० सम्म छुट पाउनेछन् । यस योजना अवधिभर हरेक महिना १० वटासम्मको खरिदमा यो छुट पाइनेछ ।

ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई विशेष योजनाहरु सार्वजनिक गर्दै आएको छ । यसअघि पनि ३ महिना संचालनमा रहेको यस छुट योजनामा उत्साहजनक सहभागिता भएकाले यो योजना पुनः संचालन गरिएको बैंकले जनाएको छ ।