राष्ट्रिय जीवन बीमाका अध्यक्ष बराललाई शपथ

राष्ट्रिय जीवन बीमाका अध्यक्ष बराललाई शपथ


नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष महेश बराललाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल (ललितपुर)मा राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष बराललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लाल र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महेश रिमाललगायत पदाधिकारीहरू उपस्थित थिए ।